सिम्पलको मनमा धागो जेलिएपछि(भिडियो)


Dipendra
ग्ल्यामर नेपाल, काठमाडौं । दुई प्रेमीसँग प्रेम गर्दा हालत कस्तो हुन्छ, मोडल सिम्पल खनाललाई सोधे पुग्छ । गायिका अञ्जु पन्तको स्वरमा तयार भएको गीत ‘जेलिएको मनको धागो’ को म्युजिक भिडियोमा सिम्पललाई यस्तै अवस्थामा देख्न सकिन्छ । एक प्रेमीसँग मन्दिर घुम्न जाँदा अर्को प्रेमीलाई देखेपछि उनी फ्ल्यासब्याकमा फर्किदा पहिलो प्रेमलाई दर्शकले बुझ्न सक्छन्।

गीतमा आरपी दाहालको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । सञ्चारकर्मी दीपेन्द्र घिमिरेले निर्देशन गरेको भिडियोमा सिम्पलसँगै दीपेन्द्र र सहायक निर्देशक राजु कार्कीलाई देख्न सकिन्छ। छुच्चा क्रिएसनले बजारमा ल्याएको भिडियोका सम्पादक निशान घिमिरे हुन् भने छाँयाकन नविन श्रेष्ठको रहेको छ।

SUBSCRIBE 👉