फेसनेसनमा देखिए विभिन्न साडी


Fashion
ग्ल्यामर नेपाल, काठमाडौं । फेभिक्रिल नो स्टीच फ्याब्रिक ग्लु अर्थात् त्यस्तो गम जसको मद्दतबाट फ्याब्रिकमा आफूले चाहेको प्याच वर्क, स्टोन्, बिड्स, सिक्वेन्सहरु टाँस्न सकिने उपयोगितालाई नेपाली फेसन प्रेमी र फेसन सृजना गर्नेहरु माझ देखाउन राजधानीमा बिहिबार ‘फेसनेसन २०१४’ नामक फेसन शोको आयोजना गरिएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजना गरिएको शोमा भारतको पिडिलाइट इन्डस्ट्रिजको लोकप्रिय ब्रान्डका रुपमा रहेको फेभिक्रिल नो स्टीच फ्याब्रिक ग्लु प्रयोग गरी लेस, सिक्वेन्स, स्टोन्स् र बिड्सको सुन्दर समायोजन र संयोजन भएका पहिरन शैलीहरु प्रदर्शन गरिएको थियो । पहिरनका सर्जकहरु फेसन डिजाइनरहरु, फेसन कलेज, इन्स्टिच्युट एवं बुटिक संचालकहरु, कालीगड, विद्यार्थी डिजाइनहरुको उपस्थिति रहेको कार्यक्रमको उद्घाटन ‘मिस नेपाल २०१४’ सुविन लिम्बुले गरेकी थिईन् ।

नमूना कलेका संस्थापक प्रिन्सीपल ज्ञानी शोभा तुलाधरको उपस्थितिमा भएको कार्यक्रमको प्रारम्भिक दुई वटा चरणमा विभिन्न साडीहरु प्रस्तुत गरिएका थिए । जसमा फेभिक्रिल ग्लूको प्रयोगमा विभिन्न वर्क, सिक्वेन्स, बिड्स, स्टोन आदि भरिएका रंगीन साडीहरु पहिरिएर मोडलहरुले ¥याम्प नापेका थिए । अधिकांश साडीको आँचल तथा बोर्डरमा भरिने काम गरिएको थियो । त्यसपछिको तीन चरणमा भने जोडी पहिरनहरु प्रस्तुत गरिएका थिए । जसमा जोडीको पहिलो पहिरन सादा थियो भने दोस्रोमा विभिन्न वर्कको भराईको कामलाई फेब्रिक्रिल नो स्टिच ग्लुको प्रयोगबाट सार्थकता प्रदान गर्न सकिन्छ भन्ने कुराको नमूना प्रस्तुत गरिएको थियो ।

यी चरणमा साडी, अनारकली, कथकली, परिमार्जित बुर्र्का, मोन्टो, कफ्तान, घाघरा चोली, पलाजो, गाउन लगायत ट्राडिसनल, फ्युजन र वेस्टर्न वेयर थीम अन्तर्गतका पहिरनहरुले ¥याम्पमा उपस्थिति पाएका थिए । नमूना कलेज अफ फेसन टेक्नोलजीको सहकार्यमा सम्पन्न भएको शोमा संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेको थियो भने फेसन शो प्रस्तुतिमा नमूना कलेजकै विधार्थीहरु एवं व्यवसायिक मोडल गरी १६ जना युवती मोडलहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अन्तिम प्रस्तुतिमा भने पस्मिनाको सललाई आकर्षक, झकिझकाउ पार्ने कार्यको नमूना प्रयोग गरिएको थियो । जसमा नमूना कलेजका आठ जना विधार्र्थी डिजाइनहरुको मिहेनत रहेको थियो । जस अन्तर्गत सानु नमायाको मिहनेतलाई उत्कृष्ट घोषणा गरी पुरस्कृत गरिएको थियो भने मनिश राईको सृजनाले दोस्रो र तनिशा लामाको मिहेनतालाई तेस्रो पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको अन्तमा भने उपस्थित फेसन सर्जकहरुको सुविधा र अवलोकनका लागि कार्यक्रममा प्रदर्शन गरिएका पहिरनहरुलाई म्यानीक्वीनमा सजाएर उनीहरु माझ राखिएका थिए ।

SUBSCRIBE 👉