टिन र लिटिल आइडलले देखाए प्रतिभा


Talent-Showग्ल्यामर नेपाल, काठमाडौं । एक्सन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा राजधानीमा हुन लागेको ‘मिस टिन आइडल २०१४’ र ‘मिस लिटिल आइडल २०१४’ मा सहभागी प्रतियोगीले शनिवार राजधानीमा आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । ‘मिस ट्यालेन्ट’ उपाधीका लागि काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा भएको प्रतिष्पर्धामा प्रतियोगीहरुले गीत, नृत्य, विचार अभिव्यक्ति, प्रहसन, उद्घोषण एवं बाद्यवादनलगायत विभिन्न विधामार्फत आआफ्नो क्षमता देखाए ।

सन् २००९ देखि ‘मिस मंगोल’ र ‘मिस लिटिल आइडल’ प्रतियोगीता आयोजना गर्दै आएको एक्सन इन्टरटेनमेन्टले यसवर्ष देखि ‘मिस टिन आइडल’ पनि सुरु गरेको हो । ‘मिस टिन प्रतियोगिता’मा १५ जिल्लाका २३ प्रतियोगी अन्तिम प्रतिष्पर्धामा उत्रिएका छन् । उता ‘मिस लिटिल आइडल’को भने यो छैटौं संस्करण हो । जसमा २२ विद्यालयका ५२ जना प्रतियोगी अन्तिम प्रतिष्र्धामा छन् ।

प्रशिक्षणका क्रममा रहेका यी दुवै प्रतियोगिताका प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिइरहेका छन् । आयोजक संस्थाकी प्रबन्ध निर्देशक चन्दा घिसिङका अनुसार ‘मिस टिन आइडल’ को फाइनल साउन १६ गते र ‘मिस लिटिल आइडल’को फाइनल साउन १७ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ । ट्यालेन्ट शोमा गीतकार एवं लेखक डा. रामविक्रम सिजापती, नायक दयाहाङ राई, मिस मंगोल नेपाल २०१४ एनिस्ता गुरुङ, गायक रोज मोक्तान, मिस मंगोल नेपाल २०१३ की सेकेन्ड रनरअप सोनु श्रेष्ठ र मिस मंगोल नेपाल २०१४ की फस्ट रनरअप एनी गुरुङ निर्णायक रहेका थिए ।

SUBSCRIBE 👉