सम्राज्ञी, पुष्प र इमिलीको त्रिकोणात्मक प्रेम ‘तिम्रो मेरो साथ’


पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर रिलिज गरिएको छ। काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै यो फिल्मको ट्रेलर रिलिज गरिएको हो। चलचित्रको ट्रेलरले त्रिकोणात्मक प्रेमले निम्त्याएको परिणाम दर्शाउँछ।

पुष्पको जोडी साम्राज्ञी र नव नायिका इमिली लामासंग बाँधिएको छ। पुष्पको दुईतर्फी प्रेम र पुष्पकोलागी साम्राज्ञीको एकतर्फी प्रेमले कथामा द्वन्द्व पैदा गरेको छ। चलचित्रमा पुष्प, साम्राज्ञी र इमिली संगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसी लगायतका कलाकारहरुको अभिनय छ।

यो चलचित्रलाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन्। यो चलचित्रमा सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको छ। सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्मित चलचित्रमा शिव ढकालको छायांकन, सुवाष भुषाल÷योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको चलचित्रको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन्। यो चलचित्र २९ पुषबाट देशव्यापी रिलिज हुँदैछ।

SUBSCRIBE 👉