फ्रान्समा शास्त्रीय संगीतको रन्को


France-News
ग्ल्यामर नेपाल, काठमाडौं । भनिन्छ, संगीतको कुनै भाषा, धर्म, जात र भौगोलिक सिमाना हुँदैन । संगीतले नै सबै मानव जातिको एकताको भाषा बोलिरहेको हुन्छ । त्यस्तै भएको छ फ्रान्सको एउटा शहर बु्रसलेस बोरेनीमा । नेपाली शास्त्रीय संगीतको धुनमा फ्रान्सका संगीत पारखीहरु लठ्ठीएका छन् ।

फ्रान्सेली कलाकारहरुको निम्तोमा पुगेका नेपाली शास्त्रिय संगीतका गुरु सितार बाधक सतेन्द्रवीरसिंह तुलाधरले स्टेजबाट नेपाली शास्त्रिय संगीतको रन्कोलाई खिपेर माहोललाई तताई रहेका छन् । नेपाली शास्त्रिय संगीतले फ्रान्सेली नागरिक र कलाकारको मन जित्न सफल भईसकेको छ । नेपालीहरु एकबजे मध्यरातको निन्द्रामा मस्त हुँदै गर्दा फ्रान्सको बु्रसलेस बोरेनी शहर भने नेपाली संगीतमा झुमी रहेको छ । फ्रान्समा घडिले बेलुकीको नौं बजाई सकेको छ । तर पनि फ्रान्सेली नागरिकले खचाखच एउटा ठूलो हलका संगीत पारखीहरु थोरै पनि टसमस छैनन् । उनीहरु नेपाल सितार्सको शास्त्रीय संगीतको रसस्वादन लिएर मक्ख छन् ।

मुख्य गरेर नेपाल र फ्रान्सको सांस्कृतिक एकता र माहोलको बारेमा बुझ्न सबै उत्सुक छन् । शास्त्रिय संगीतको धुन जति जति मन्ध हुन्थ्यो, उति नै फ्रान्सेली नागरिकको तालीको पर्रा छुट्थ्यो । अनि झन् तात्थ्यो नेपाली छोराहरुको सांगीतिक प्रस्तुती । कन्सर्टको माहोल शास्त्रीय संगीतमय हुन्थ्यो । सबै मन्त्र मुग्ध हुन्थे र हलको सांगीतिक बातावरणमा हराउन पुग्थे। निन्द्राको पिरलो कसैलाई थिएन् । पिउनेले बियर, वाईन र जुश पिउदा छन् अनि एक आपसमा रमाईलो गर्दा छन् । बिछट्टै तातेको छ माहोल । नेपालको संगीतको रसस्वादन लिन फ्रान्सका थुप्रै कलाकार र दर्शक झुम्मिएका छन् । सबैजना ‘वान्स मोर’ भन्दै शास्त्रीय संगीतको रसस्वादन लिन लालयित छन् । प्रख्यात फ्रान्सेली सांगीतिक समूह स्वाईलोले पनि आफ्नो बेजोड प्रस्तुति देखाएको थियो ।

फ्रान्सेली कलाकार फ्रेडरीक साँडेजोनले नेपालको शास्त्रिय संगीतको बेग्लै महत्व भएको भन्दै आफूले नेपाल र फ्रान्सको संगीतलाई जीवन्तता दिन यस्ता सांगीतक कार्यक्रम जारी राख्ने बताए । उनले यसै साता फ्रान्सको अर्को सांगीतिक शहर पुजेईज पिगनमासमेत नेपाली शास्त्रिय संगीतको माहोललाई पु¥याउने भएका छन् । यस भन्दा अगाडि कलाकार टोलीले फ्रान्सको पेरिस, जर्मनी, बेल्जीयम, स्वीट्जरल्याण्ड र लक्जेम्वर्गमासमेत नेपाली शास्त्रीय संगीतको राग छाडिसेका छन् ।

SUBSCRIBE 👉