‘नयाँ स्टार’का रूपमा परिचित के.सी. पहिलो फिल्ममै सीमित


anmol-kc-son-of-bhuban-kc होस्टेल रिलिज भएको ६ महिना बित्न थालिसक्यो तर अनमोल केसीको हातमा कुनै नयाँ फिल्म परेको छैन। जबकि, फिल्म रिलिज भएको बेला उनलाई  ‘नयाँ स्टार’का रूपमा चित्रित गरिएको थियो। उनको कोरयिन लुक्सले प्लस टू पढ्ने किशोरीहरूलाई भुतुक्कै बनाएको थियो। धेरैका ड्रिम ब्वाई भइसकेका यी अभिनेता अचेल गुमनाम छन्। तर, सोही फिल्मका अन्य दुई नायक सलोन बस्नेत र गौरव पहारीको व्यस्तता भने चुलिरहेको छ। अनमोल होस्टेलको भूमिकाजस्तै व्यक्तिगत जीवनमा पनि अलिक रुमानी भएकाले कुनै फिल्मकर्मीको रोजाइमा नपरेको बताइन्छ। तर, उनका बाबु भुवन केसीले भने आफ्ना नजिकका फिल्मकर्मीसँग छोरालाई हिरो बनाउन अनुनय-विनय गर्न छाडेका छैनन्। – नेपाल साप्ताहिक 

SUBSCRIBE 👉