आभाष निकाल्दै गंगाराज


Ganga-Rajग्ल्यामर नेपाल, काठमाडौं । विगत चार वर्षदेखि युके बस्दै आएका गंगाराज साम्पाङ राई गीति एल्बम निकाल्न नेपाल आईपुगेका छन् । नेपालमा रहँदा गणेश गुरुङ र धनबहादुर गोपालीसँग शास्त्रीय संगीतमा सिनियर डिप्लोमासम्मको औपचारिक अध्ययन गरेका उनले आफूले हासिल गरेको सांगीतिक ज्ञानलाई नेपाली संगीतमै लगानी गर्ने उद्देश्यले एल्बम निकाल्न लागेको बताए । उनी हाल चन्द्रावति राईसँग संयुक्त रुपमा ‘आभाष’ नामक एल्बम निकाल्ने तयारीमा जुटेका छन् ।

युकेमै शास्त्रीय संगीत सिकाउँदै आएका गंगाराजले झन्डै एक वर्षअघि युकेमा ‘एनजी नाईट’शिर्षकमा नारायण गोपालको स्मृतिमा एकल साँझसमेत गरिसकेका छन् भने उनले ‘चाहना’ नामक कलेक्शन एल्बममा पनि स्वर दिएका छन् । ‘भौगोलिक हिसाबले अलि टाढा भएकोजस्तो लागे पनि संगीतको हिसाबले पछ्याई राखिएकै छ र संगीतभन्दा पर गएर सोंच्ने ठाउँ पनि छैन’ गंगाराजले भने ।

गंगाराज नेपाल रहँदा एसियाभरिबाट छानिएर हुने प्रतिस्पर्धाका लागि ‘साउथ एसियन स्टार नेपाल’ को उत्कृष्ट २० सम्म पुगेका थिए । एल्बममा चन्द्रावतीको एकल शब्द र गंगाराजको एकल स्वर रहने छ भने महेश खड्का, पावल चाम्लिङ र बिसी राईका संगीत रहने छ ।

SUBSCRIBE 👉