अमेरिकाबाट ‘बितेका पल’ निर्मातालाई ५० लाख !


nepali-movie-biteka-pal  ग्ल्यामर नेपाल, काठमाडौं । नेपालमा उत्साहजनक व्यापार गरिरहेको चलचित्र ‘बितेका पल’ अमेरिकामा विभिन्न स्टेटमा रहेका नेपालीहरुले हेर्न पाउने भएका छन् । निर्माता राजेश घतानीका अनुसार यो फिल्म अमेरिकाका करिब २५ स्थानमा प्रदर्शन हुने भएको छ । जसको चाँजोपाँजो अमेरिकामै रहेका अर्का निर्माता क्रिष रिजालले गरिरहेका छन् । रिजालकै सक्रियतामा यसअघि पनि केही स्थानमा यो चलचित्रको सफल प्रदर्शन भइसकेको छ।

अमेरिकामा हुने प्रत्येक शोबाट सबै खर्च कटाएर करिब २ लाख रुपैयाँ निर्माताको गोजीमा पर्ने बताइएको छ । अमेरिकासँगै यूरोपका विभिन्न देश, कोरिया, इजरायल र अष्ट्रेलियामा पनि प्रदर्शन गर्ने तयारी भइरहेको रिजालले जानकारी दिएका छन् । क्यानडामा भने यो चलचित्र यसअघि पनि प्रदर्शन भइसकेको छ । त्यस्तै, निर्माता घतानी भारतको दार्जिलिङ र सिक्किममा पनि प्रदर्शन गर्ने तारतम्य मिलाइरहेका छन् । दार्जिलिङका स्थायी निवासी अविनाश गुरुङको लिड रोल रहेकोले पनि सो क्षेत्रमा फिल्मले राम्रो व्यापार गर्ने आशा गरिएको छ।

सुरज सुब्बा नाल्बो निर्देशित ‘बितेका पल’मा अविनाशसहित केकी अधिकारी र बाबु बोगटीको मुख्य भूमिका रहेको छ । सत्यप्रेम कथा भन्ने यो चलचित्र हाल नेपाल दोस्रो सातामा प्रदर्शन भइरहेको छ । विषय र प्रस्तुतिसँगै सागींतिक पक्षले पनि दर्शकलाई हल तानिरहेको छ ।

SUBSCRIBE 👉