
ब्रेकपछि पर्दामा फर्किँदैछन् सलिनमान बनियाँ। कमब्याक फिल्म ‘यूनिभर्सिटी अफ गुन्डाज’ फिल्ममा उनी सलोन बस्नेत सँग मुख्य भूमिकामा देखिनेछन्, जसले प्रोजेक्टलाई थप चर्चामा ल्याएको छ।
फिल्मको निर्देशन सुरेश न्यौपाने ले गर्ने तय भएको छ। स्रोतका अनुसार, फिल्ममा अनमोल केसी को विशेष भूमिका पनि रहनेछ, जसले दर्शकको उत्सुकता झनै बढाएको छ।
‘यूनिभर्सिटी अफ गुन्डाज’ शीर्षकले नै युवापुस्ताको कथा, कलेज लाइफ र एक्सन ड्रामाको मिश्रण हुने संकेत दिन्छ। सलिनमानको कमब्याक र स्टारकास्टका कारण फिल्म अहिलेबाटै हाइपमा छ।
यो पनि पढ्नुहोस्: मल्टिस्टार फिल्म ‘पाँच पाण्डव’मा नयाँ ट्विस्ट; कलाकार सुशील सिटौलाको प्रवेश
