राष्ट्रपतिले सार्वजनिक गरे मोहनको ‘कस्तो सपना’, एल्बमको रकम समाजसेवामा


mohan-rai-album-releasing-by-president-of-nepal
ग्ल्यामर नेपाल, काठमाडौं । दुई दशकदेखि संगीत क्षेत्रमा संघर्षरत इलामे गायक मोहन राईले ‘कस्तो सपना’ नामक एल्बम लिएर स्रोतामाझ आएका छन् । एल्बमको राष्ट्रपति डा. रामवरण यादवले बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रममा विमोचन गरे ।

कार्यक्रममा राष्ट्रपतिले नेपाली संगीत तथा कला सबैका लागि राष्ट्रिय महत्वको विषय भएकाले आगामी बन्ने नयाँ संविधानमा संगीत र कलाका विषयलाई पनि समेट्न सुझाव दिए । उनले गायक राईले निकै नै संघर्ष गरेर गीत लेखनमा प्रबुद्ध नाम कमाएका गीतकार र संगीत क्षेत्रमा पनि आफ्नै नाम कमाएका संगीतकारको सहभागितामा एल्बम निकाल्नु आफैमा प्रशंसनीय काम भएको बताए ।

mohan-rai

एल्बममा ‘कस्तो सपना’, ‘देशले इमान’, ‘अरब जाँदैछु’, ‘जिन्दगीमा फेरि’, ‘मातृभूमि नेपाल’, ‘अरुले जे सुकै’ र ‘शरदको फूलजस्तै’ बोलको गीत रहेका छन् । जसमा सिक्किमका मुख्यमन्त्री डा. पवन चाम्लिङ, नेपालका पूर्व प्रधानमन्त्री झलनाथ खनाल, राष्ट्रगानका रचयिता व्याकुल पाठक, नव सिलवाल, बुद्धवीर लामा, हेम सुवेदी र राम भट्टराईको शब्द रहेको छ भने बसन्त सापकोटा, कृष्णभक्त राई, पुरन बज्राचार्य, सुरेश अधिकारी, चन्द्रकुमार दोङ र दिनेश सुब्बाको संगीत रहेको छ ।

mohan-rai-1

कार्यक्रममा पूर्व प्रधानमन्त्री खनाललाई एल्बम उत्पादक कम्पनी नेपाल म्युजिक क्रिएसनका तर्फबाट ‘नेपाल म्युजिक क्रिएसन राष्ट्रिय संगीत सम्मान २०७१’ प्रदान गरिएको थियो । राष्ट्रपति डा. यादवले खनाललाई दोसल्ला तथा ताम्रपत्र प्रदान गर्दै सम्मान गरेका थिए । गीतकार व्याकुल माइलाले एल्बमको समिक्षा गरेको कार्यक्रममा पत्रकार सुब्रत आचार्य र जया शर्माले निर्देशन गरेको एल्बममा रहेको ‘मातृभूूमि नेपाल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । भिडियोमा विभिन्न कलाकारहरुले अभिनय गरेका छन् ।

mohan-rai-2

गायक राईले आफ्नो एल्बमको विक्रीबाट प्राप्त रकम वैदेशिक रोजगारीका सिलसिलामा गएका नेपालीको त्यहाँ मृत्यु भएपछि उनीहरुको विचल्लीमा परेको सन्तानको शिक्षादिक्षामा सहयोग गर्ने घोषणा गरे ।

SUBSCRIBE 👉