राजु श्रेष्ठको निर्देशनमा ‘कंगाल करोडपति’, मुकुनसहित यी कलाकारहरु हुनेछन् मुख्य भूमिकामा

राजु श्रेष्ठ निर्देशित ‘कंगाल करोडपति’को कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको छ। फिल्म भदौ २९ गतेदेखि छायांकनमा जाने तयारीमा छ।

राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’को शुक्रबार काठमाडौंको कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको छ। सामाजिक तथा पारिवारिक कथावस्तुमा बन्ने फिल्म भदौ २९ गतेदेखि छायांकनमा जाने तयारीमा छ।

प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी र भीमसेन खतिवडालगायत कलाकारको अभिनय रहनेछ।

फिल्मका निर्माता अनिल कुमार बुढाथोकी हुन्। सहनिर्मातामा अश्विन बराल, दिपेश तिरुवा र प्रविन राई रहेका छन् भने लाइन प्रोड्युसरको जिम्मेवारी रिता श्रेष्ठ तामाङ र सुरज कुमारले सम्हाल्नेछन्।

‘कंगाल करोडपति’को कथा रामकृष्ण बजगाईंले लेखेका हुन्। संवाद तथा पटकथा चानस पुन मगरले तयार पारेका छन्।

सिनेमा पाठशाला प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा हरि घले लामाको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ।

फिल्मको संगीत पक्षमा एसडी योगी, निराजन राई र दिप्सन लिम्बू जोडिएका छन्। नृत्य निर्देशन प्रदीप लामाले गर्नेछन्।

यो पनि पढ्नुहोस् : ‘कंगाल करोडपति’बाट नेपाली फिल्ममा डेब्यू गर्दै सलिना तामाङ

जीवन गौतम मुख्य सहनिर्देशक रहेको फिल्ममा सरोज श्रेष्ठ निर्माण नियन्त्रक र सुदीप अधिकारी कला निर्देशकका रूपमा रहेका छन्।

फिल्मको शुभ-मुहूर्तअघि निर्माण टोलीले हालै रसुवा, नुवाकोट र धादिङमा भएको बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरेको थियो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।

यस अवसरमा निर्माणपक्षले बाढीपहिरो पीडितको सहयोगार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा पनि गरेको छ।

SUBSCRIBE 👉