नाँचघरमा देउडा नाँच्दै बाजुरेली


Deuda-Photo
ग्ल्यामर नेपाल, काठमाडौं । बाजुरा सांस्कृतिक प्रतिष्ठानको आयोजना र देउडा कलाकार मञ्च, काठमाडौको सह–आयोजनामा आइतबार राजधानीको राष्ट्रिय नाचघरमा देउडा नाच हुने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा शनिवार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले देउडा संस्कृतिको संरक्षण एवम प्रर्वद्धन र स्रष्टाहरुको सम्मानका लागि देउडा नाचको आयोजना गर्न लागेको जानकारी दिएका छन् । प्रतिष्ठानका अध्यक्ष लालबहादुर थापाले आफूहरुले भगीरत रुपमा देउडा नाचको कार्यक्रम गर्दै आएको बताए । उनले राज्यबाट बाजुरालाई उपेक्षा भएको भन्दै आफूहरु बाजुराको संस्कृति, पर्यटनको प्रर्वद्धन एवम् संरक्षण, कला र भाषाको जर्गेनाका लागि पनि कार्यक्रमको आयोजना गरेको खुलाए ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् सभासद बद्री प्रसाद पाण्डेले नेपाली भाषाको उद्गम स्थल बाजुरा भएको भन्दै अब कुनै पनि हिसाबले यो क्षेत्रलाई हेला गर्न नहुने जिकिर गरे । नेकपा एमालेकी केन्द्रिय सदस्य एवम् सभासद मदनकुमारी शाह (गरिमा)ले बाजुराको परम्परा, संस्कृति, कला र भाषाको संरक्षण एवम् प्रर्वद्धन गर्नका लागि यस्ता खाले कार्यक्रमले टेवा पु¥याउने दाबी गरिन् । देउडा नाचको उद्घाटन संस्कृति तथा पर्यटन मन्त्री भीम आचार्यले गर्नेछन् ।

SUBSCRIBE 👉