सत्यराज–अनितालाई पुत्रलाभ


Satya-Rajग्ल्यामर नेपाल, काठमाडौ । सुगम संगीतका चर्चित गायक सत्यराज आचार्यलाई शुक्रबार पुत्रलाभ भएको छ । उनकी पत्नी अनिता थापा आचार्यले पाटन अस्पतालमा छोरा जन्माएकी थिइन् ।

आफु बाबु बनेपछि सत्यराजले फेसबुकमा आमा, छोरा र आफ्नो तस्वीर पोष्ट गर्दै शल्यक्रियाबाट सुत्केरी गरिएपनि बच्चा र श्रीमतिको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख गरेका छन् । भजनशिरोमणि भक्तराज आचार्यका जेठा छोरा सत्यको अनितासँग प्रेम विवाह भएको हो ।

SUBSCRIBE 👉