सेफ ल्याण्डिङमा अडिएको पाण्डेको करिअर


Susil-Raj-Pandeyग्ल्यामर नेपाल, काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट’बाट सिने यात्रा थालनी गरेका अभिनेता हुन्, सुशीलराज पाण्डे । मिहेनतको फल भन्नुपर्छ, पहिलो फिल्म व्यावसायिक र समिक्षात्मक दुवै कोणबाट सफल भयो। ‘पाण्डे’ नामक पात्रको रुपमा फिल्ममा उनले निभाएको भूमिका निकै रुचाइयो। रंगमञ्च पृष्ठभूमि भएकाले पनि उनको अभिनयमा जीवन्तता पाइन्छ तर भाग्य खेल कसको के लाग्छ र ? ‘लुट’ रिलिज भएको तीन वर्ष बित्नै लाग्दा पनि उनी स्टार बन्न सकेका छैनन्। न त उनको करिअरले नै गति लिएको छ।

अभिनय क्षमता र आनाबानी दुवै राम्रो भएपनि सौगात मल्ल र दयाहाङ राईको छायामा परेकोले उनको चर्चा कमी भन्नेहरु नभएका होइनन्। उसो त लुटपछि उनले अरु फिल्ममा कामै नपाएका भने होइन्। ‘अध्याय’, ‘लोफर’, ‘आवरण’जस्ता फिल्ममा उनलाई महत्वपूर्ण भूमिकामा देखिएको थियो तर पनि लाइमलाइटमा आउन सकेनन्। त्यसैले उनलाई फिल्म क्षेत्रमा ‘अनलक्की एक्टर’को रुपमा चित्रण गर्न थालिएको छ। यी अभिनेताको नयाँ फिल्म ‘सेफ ल्याण्डिङ’ रिलिजका लागि तयार भएको छ। के नाम जस्तै यो फिल्मले उनको करिअरको सेफ ल्याण्डिङ गर्ला त ? प्रतिक्षाको विषय बनेको छ।

SUBSCRIBE 👉