उकासियला त अनुको करिअर ?


anu-shahग्ल्यामर नेपाल, काठमाडौं । एउटा भनाई छ, भाग्यभन्दा धेरै र सफलभन्दा पहिले केही पाइँदैन्। नायिका अनु शाहको हकमा यो भनाई मेल खाएको छ। किनभने झण्डै चार वर्ष अघि राजेश हमालको बहिनीको भूमिकामा फिल्म ‘द युगदेखी युगसम्म’बाट रजतपटमा भित्रिएकी अनु अझ दर्शकमाझ ‘मार्क’ हुन सकेकी छैनन्। म्युजिक भिडियोमै चित्त बुझाउनु परिरहेको छ तर अब भने उनको करिअरले गति लिने छनक मिलेको छ। यो बर्षको सुरुवातबाटै उनले गतिलो ब्यानरका फिल्ममा काम पाइरहेकी छिन्।

लामो समयपछि नेपाली रजतपटमा फर्कन लागेका नायक निखिल उप्रेतीको जोडीको रुपमा अनु अनुबन्ध भएकी छिन्। पुरुषार्थ प्रहरीको कथामा बन्न लागेको फिल्म ‘भैरव’मा रेखा थापाले एक गीतमा मात्र नृत्य गर्नेछिन्। फिल्मलाई निखिल आँफैले निर्माण तथा निर्देशन गर्दैछन्। निखिलको नयाँ प्रोजेक्टमा काम गर्न पाउँदा खुशी लागेको अनुको भनाई छ। अनुको ‘एउटा साथी’, ‘जन्मभूमी’, ‘धौली’, ‘गोरे’ प्रदर्शनको लागि तयार छन्। यी फिल्मले आफ्नो करिअर उकास्नेमा उनी ढुक्क देखिएकी छिन्।

SUBSCRIBE 👉