‘बाग्मती’का लागि गीतार सिक्दै केकी


Keki-Adhikari-in-black-Dress-1ग्ल्यामर नेपाल, काठमाडौं । भिन्न भिन्न भूमिकामा अभिनय गरेर दर्शकको मनमा बस्न सफल अभिनेत्री केकी अधिकारीको विगत दुई दिनदेखिको दिनचर्या पनि अलिक फरक बनेको छ । उनी आजकल राजधानीको जमलस्थित डोरेमी संगीत विद्यालयमा विहानीको समयमा गीतार सिक्न थालेकी छन् ।

‘खासमा यो दक्षिण भारतीय फिल्म ‘बाग्मती’ का लागि गीतार सिकिरहेकी छु,’केकीले भनिन्,‘फिल्ममा मेरो म्युजिकल क्यारेक्टर छ, त्यसैले पनि गीतारको बारेमा ज्ञान लिएकी हुँ । फिल्मका लागि गितार नसिक्दा पनि हुन्थ्यो, मलाई पनि गीतारमा खासै रुची थिएन, तर गीतार सिक्दै जाँदा रमाइलो हुँदो रहेछ ।’ केकीका अनुसार उनले आगामी हप्तासम्म गीतार सिक्नेछिन् । उनलाई डोरेमीमा भानुभक्त ढकालले गीतारको प्रशिक्षण दिइरहेका छन् ।

केकीका अनुसार आगामी हप्तादेखि नेपालमा फिल्मको सुटिङ हुनेछ । ‘फिल्मका सबै प्राविधिकदेखि निर्देशकसम्म भोजपुरी नै छन्,’उनले भनिन्,‘अन्य कुरा केही भन्न मिल्दैन ।’ केकीका अनुसार फिल्ममा राजेश हमाल, शिव श्रेष्ठ र दयाहाङ राई पनि अनुबन्धित भएका छन् ।

केकीका गीतार प्रशिक्षक ढकालले फिल्ममा गीतार लिएर गाउने भन्दा पनि गीतहरुसँग गीतारको कर्ड चलायो भने नेचुरल हुन्छ भनेर आफुहरुले प्रशिक्षण दिइरहेको बताए । ‘उनलाई गाइड गर्दा केही प्रगति गरेजस्तो भइरहेको छ, केही कुरा सिकाउँदा उनी राम्रो गर्दिरहिछन् ।’ भानुभक्तले भने ।

SUBSCRIBE 👉