नट्टी किड्सको गीत छायांकन


Shootingग्ल्यामर नेपाल, काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नवप्रवेशीका रुपमा रहेको सांगीतिक ब्याण्ड ‘नट्टी किडस्’को ‘चाहेको तिमीलाई’ बोलको गीतको म्युजिक भिडियोको छायांकन गरिएको छ । सबिन मगर, अभिषेक शिल्पकार, सुशान्त क्षत्री, सुमन लामिछाने रहेको व्याण्डको मेनेजर बिजय ‘स्टीफ्लर ’ हुन् ।

व्याण्डको प्रमोशनका लागि बनाइएको गीतको भिडियो त्रिशुली रिभर साइड रिसर्टमा छायांकन गरिएको छ । भिडियोमा रुजेश शिल्पकार, सबिन मगर, अभिषेक शिल्पकार, सुशान्त क्षत्री, सुमन लामिछाने, निश्चल काङ, अमृत मगर, बिन्ती, सिर्जना थकाली, दिव्या मगर, लिडिया मगर, समि लिङ्खा, मनिषा खड्का ,अनिसा मगर, कृति मगरलगायतको अभिनय रहेको छ । भिडियो दिन र रातको समयमा छायांकन गरिएको ब्याण्ड प्रमोटर रुजेश शिल्पकारले बताए ।

भिडियोका छाँयाकार तथा निर्देशक दिपसन डंगोल हुन् । गीतमा अमृत धितालको संगीत रहेको छ । ब्याण्डले गीत तथा भिडियो छिट्टै नै बजारमा ल्याउने जानकारी दिएको छ ।

SUBSCRIBE 👉