समर्पणमा गीतकारको त्रिवेणी


Samarpan-ALbumग्ल्यामर नेपाल, काठमाडौं ।
गीतकारत्रय पविन दाहाल, अन्जान मुना र ऋषि मगरले संयुक्त रुपमा ‘समर्पण’ नामक एल्बम ल्याएका छन् । तिनैजना गीतकारहरु हाल विदेशमा छन् ।

एल्बममा पविन दाहालको ‘अँधेरी यो’ र ‘दुनियाँ सारा’ गीत रहेको छ, जसमा स्वरुपराज आचार्य र कृष्ण काफ्लेको स्वर तथा दीपक शर्मा र कृष्ण काफ्लेकै संगीत छ । त्यस्तै अन्जान मुनाको ‘जुनेली रात’ बोलको गीतमा रजिना रिमालको स्वर र मनोज स्याङ्सोङको संगीत छ ।

त्यसैगरी ऋषि मगरको ‘किन बोल्दिनौ’ र ‘तिम्रै यादमा जस्तो’ गीतमा प्रमोद खरेल र स्वरुपराज आचार्यको स्वर तथा दीपक शर्मा र राजकुमार बगरको संगीत रहेको छ । म्यूजिक प्लसले एल्बमको बजार प्रबद्र्धन गरेको छ ।

SUBSCRIBE 👉