एचआईभी संक्रमित बालबालिकालाई नन्दिताको सहयोग


nandita-kcग्ल्यामर नेपाल, काठमाडौं । पछिल्लो समय सेलिब्रेटीहरु सामाजिक सेवाका कार्यमा निकै अग्रसर हुन थालेका छन् । कोही व्यक्तिगत त कोही संस्थागत रुपमा सेवामुलक कार्यमा लागिरहेका छन्। यसैक्रममा नायिका नन्दिता केसीले पनि किर्तिर्परमा रहेको ‘वेवी लाइफ होम’का बालबालिकालाई सहयोग गरेकी छिन्। अभिभावक विहिन १६ जना एचआइभी संक्रमित बालबालिका बस्दै आएको उक्त होमलाई नन्दिताले ८१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेकी हुन्। होमका सञ्चालकहरु राजकुमार राई र उमा गुरुङले नन्दिताले गरेको सहयोग बालबालिकाहरुको शिक्षा र आवासमा खर्च गर्ने बताए। उनीहरुले चार वर्षदेखि व्यक्तिगत रुपमा बालबालिकाको शिक्षा र आवासको बन्दोबस्त गरिरहेका छन्।

नन्दिताले हङकङ पुग्दा संकलन गरेको रकम होमलाई सहयोग गरेकी हुन्। हङकङमा आयोजना भएको एक सांकृतिक कार्यक्रममा पुगेकी नन्दितालाई यो रकम संकलन गर्न मिस हङकङ नेपालकी भ्वाइस चियरम्यान लिलेश्वरी खड्का, ‘मिस हङकङ नेपाल २०१२’ परिना सुब्बा, सुनिता गुरुङ, नेत्र पहारी, गणेश बस्नेतले सहयोग गरेका थिए।

पछिल्लो समय फिल्मबाट विस्तारै हराउँदै गएकी नन्दिता नेफ्टा अवार्डमा सहभागि हुन सोमबार मलेसिया उडेकी छिन्। नन्दिताको टिममा अभिनेत्री निरुता सिंह, अभिनेता सुनिल थापा, सबिन श्रेष्ठ, फिल्म निर्माता बाबुराम दाहाल पनि मलेसिया उडेका छन्। जनवरी ३० मा मलेसियामा नेफ्टा अवार्ड हुँदैछ।

SUBSCRIBE 👉