भिडियो निर्देशनमा गायक प्रबिन भण्डारी


Prabin-Bhandariग्ल्यामर नेपाल, काठमाडौँ ।
नेपाली सांगीतिक क्षेत्रामा एक दशकदेखि संघर्षरत गायक प्रबिन भण्डारी म्युजिक भिडियो निर्देशनमा समेत जम्ने तरखरमा लागेका छन्। “थामेर हात छोड्यौ किन…” बोलको गित मार्फत गायक भण्डारी नेपाली सांगीतिक क्षेत्रमा प्रबेश गरेका थिए। उनले “दैबको खेल” नामक एल्वम पनि बजारमा ल्याईसकेका छन्। सोहि एल्बम समाबेश “यो मनले त्यो मनमा…” को भिडियो समेत तयार गरेका भण्डारी गीत गाउन मात्र नभई अभिनय पनि उत्तिकै राम्रो गर्छन्। बि.बि.सि. नेपालले आयोजना गरेको एक अभिनय प्रतियोगितामा सातसय प्रतिस्पर्धीमध्य उनि टप थ्री सम्म पुग्न सफल भएका थिए।

उनै गायक आजभोलि म्युजिक भिडियो निर्देशनमा आफुलाई ब्यस्त बनाउन थालेका छन्। उनले निर्देशन गरेको गायक आकाश घिमिरेको “कहिले काहि रुनेमन…” बोलको गितको भिडियो र आफ्नै स्वरमा रहेको गीत “तिमी फुल हौ…” को भिडियो हालसालै सार्बजनिक गरेका छन्।

SUBSCRIBE 👉