पहिचान बदल्दै प्रियंका


Model-and-Actress-Priyanka-Karki-Image-2ग्ल्यामर नेपाल, काठमाडौं ।
पछिल्लो समयमा एकपछि अर्को फिल्ममा व्यस्त बन्दै गइरहेकी अभिनेत्री प्रियंका कार्कीले अब आफ्नो पहिचान केबल अभिनेत्रीका रुपमा मात्र सीमित नराख्ने भएकी छन् । फिल्म ‘आवरण’को शीर्ष गीत ‘आवरणमा छोपिएको सत्य’ मा स्वर दिएकी प्रियंकाले अब भने सोलो एल्बम निकाल्ने भएकी छन् ।

सानैदेखि गायनमा रुची भएता पनि यसलाई निरन्तरता दिन नसकेको बताउने प्रियंकाले पढाई र अभिनयले गर्दा गायनमा अवरोध आएको बताईन् । ‘सानो छदा पढाइमै व्यस्त भएँ, त्यसपश्चात अभिनयमा । जसकारण पनि संगीतलाई निरन्तरता दिन सकिनँ ।’ सानो उमेरमा संगीतको कक्षासमेत लिएकी प्रियंकाले भनिन् ।

हालसम्म नाम नजुराइएको एल्बममा ८ वटा गीत रहनेछ । प्रियंकाले अब आउने हप्ता रेन्ज स्टुडियोमा ‘स्वतन्त्र’ बोलको गीत रेकर्ड गराउदै छिन् । यसमा शब्द शैलेश श्रेष्ठ र संगीत शैलेन्द्र सिंहको रहनेछ । ‘गीति एल्बम भन्दा पनि भिडियोसहितको एल्बम श्रोता र दर्शकमाझ ल्याउन चाहन्छु,’उनले भनिन्,‘त्यसकारण पनि केही समय लाग्नेछ ।’ त्यसो त प्रियंका कोरियोग्राफर पनि हुन् । उनले डेब्यु फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’को एक गीतमा र ‘पुन्टे परेड’को ‘कक्टेल जवानी’ बोलको गीतमा कोरियोग्राफी गरेकी छन् भने प्रदर्शनको लागि तयार भैसकेको ‘मिसन पैशा रिलोडेड’ को २ गीतमा पनि उनले कोरियोग्राफी गरेकी छिन् ।

SUBSCRIBE 👉