नेपाली ताराका प्रतियोगीलाई प्रशिक्षण


Nepali-Taraग्ल्यामर नेपाल, काठमाडौं ।
नेपाली तारा ३ को उत्कृष्ठ २० मा पर्ने प्रतियोगीहरुलाई कार्यक्रमले हाल गायन विधासँगै स्टेज प्रस्तुति र अभिनय सम्बन्धी विविध प्रशिक्षण दिइएको छ । कोरियोग्राफर सिर्जना सिंह योञ्जनले स्टेज प्रस्तुति र अभिनयका सम्बन्धमा तथा मनमोहन थपलियाले गायन कला र गला अभ्यासका विषयमा प्रशिक्षण दिएका हुन् ।

आयोजकका अनुसार सिल्भर माउन्टेन होटेल म्यानेजमेन्ट कलेजले भोजनका शिष्टाचारहरु सम्बन्धि प्रशिक्षण दिएको थियो। कलेजले ठुलाठुला होटेलमा खाना खाँदा एवं बस्दा ध्यान पुर्याउनुपर्ने कुराहरुसँगै चम्चा काँटाको प्रयोग, टेबलमा बसेर खाना खाँदा दर्शाउनु पर्ने व्यवहारलगायतका विषयमा प्रशिक्षण दिएको हो ।

धुलिखेलस्थित धुलिखेल भिलेज रिसोर्टमा ३ दिनको बन्दसत्रमा वरिष्ठ फिल्म निर्देशक नारायण पुरीले अभिनय कला र गायनमा चाहिने प्रस्तुति सम्बन्धि प्रशिक्षण दिएका थिए । बन्दसत्रको अन्तिम दिन वरिष्ठ गायक दिपक खरेलका साथै कार्यक्रमका निर्णायक सुरेश अधिकारी, उत्कृष्ट २० का गुरु निर्णायकहरु जेम्स प्रधान र राजन इशानको पनि उपस्थिति थियो।

SUBSCRIBE 👉