सुव्रतको नजरमा परिन् अशिष्मा


Ashishma-Nakarmiग्ल्यामर नेपाल, काठमाडौं । हुन त अशिष्मा नकर्मीको चलचित्र यात्रा त्यति लामो छैन्। तर पनि उनी एकपछि अर्को गर्दै चलचित्र क्षेत्रमा आफ्नो पाइलाहरु मजबुत पार्दै छिन्।

‘अन्तराल’ चलचित्रबाट अभिनयमा देखिएकी नकर्मी अहिले पत्रकार सुब्रत आचार्यले निर्देशन गर्ने चलचित्र ‘अधकट्टी’ पनि अनुबन्धित भएकी छन्। आफ्नो चलचित्रमा नकर्मीलाई अनुबन्धित गरेको सुब्रतले पुष्टी गरेका हुन्। चलचित्रको पात्र अनुसार अशिष्मा सुहाउने भएकाले उनलाई यस चलचित्रमा राखीएको उनले जानकारी दिए।

पछिल्लो समय ‘तोरी लाहुरे’, ‘सिक्स फिट लाईफ’ आदी चलचित्रमा समेत अभिनय गरेकी नकर्मी सरल व्यवहार र कुशल अभिनय क्षमताकी अभिनेत्रीका रपमा चिनिँदै छिन्। सायद यसैले होला उनी अभिनयमा आएको छोटै समय भए पनि एक पछि अर्काे चलचित्र हात परिरहेको छ।

प्रदिप उदयको निर्माणमा बन्ने यस चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, प्रदिप बाँस्तोला समेत अभिनय रहने निर्माण पक्षले जानकारी गराउँदै आएको छ। चलचित्रको बिषेश भुमिका तथा एक आइटममा नम्रता रहने छिन्। चलचित्रमा राजन इशानको संगीत छ। सुवास ढकालको कथा तथा विजय अधिकारीको लेखन रहेको चलचित्र मदन कास्यप घिमिरेले खिच्दै छन्।

SUBSCRIBE 👉