अष्ट्रेलियामा देखाइँदै सम्बोधन


Sambodhan-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
अष्ट्रेलियामा रहेको मनसुन इभेन्ट नामक संस्थाले फिल्म ‘सम्बोधन’को प्रिमियर शो गर्ने भएको छ । संस्थाले नोभेम्बर २९ का दिन मेलबर्नको क्यापिटल थिएटरमा फिल्मको प्रिमियर गर्न लागेको हो ।

हेमराज बिसीले निर्देशन गरेको फिल्म नेपालमा भने प्रदर्शन हुन बाँकी छ । संस्थाले सिड्नी, ब्रिसबेन र डर्विनमा पनि फिल्म देखाइनेछ । विद्यार्थी नेता सरोज न्यौपानेले निर्माण गरेको फिल्मका लेखक हेमराज नै हुन् ।

फिल्ममा नम्रता श्रेष्ठ, दयाहाङ राई, विनय भट्ट, प्रशान्त ताम्राकार लगायतका कलाकारले अभिनय गरेका छन् । विनय त्रिचन्द्र क्याम्पसको स्ववियू सभापति हुन् । रेड रोज इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्मित फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, जयन जेको संगीत र रामेश्वर कार्कीको छाँयाकन रहेको छ ।

SUBSCRIBE 👉