‘छोरीभन्दा आमा तरुनी’


karishma-manadharआमा र छोरीमध्ये को ज्यादा सुन्दर देखिएलान् ? प्रायःको जवाफ एउटै हुन्छ, ‘छोरी’। तर, नायिका करिश्मा मानन्धरको हकमा भने यस्तो जवाफ गलत हुन सक्छ। किनभने, छोरी कविता र उनलाई एकसाथ उभ्याइयो भने धेरैको आँखाले करिश्मालाई नै तरुनी देख्छ। यस्तै भयो, केही दिनअघि कविताको बर्थडे पार्टीमा। जहाँ कविताको भन्दा करिश्माको सुन्दरताले ज्यादा चर्चा पाएको थियो। धेरैको मुखबाट एउटै बोली सुनियो, ‘छोरीभन्दा आमा तरुनी’। आफ्नो यस्तो प्रशंसा सुनेपछि करिश्मा मुसुमुसु हाँसिन् भने कविताचाहिँ कर्के आँखाले अरूलाई हेर्दै थिइन्।

SUBSCRIBE 👉