दीपशिखाको बेकामे हट ‘पोज’


dipshikha-khadka-hotअंगप्रदर्शन गरेपछि रातारात हिट भइन्छ भन्ने भ्रम धेरै नेपाली हिरोइनमा छ। समय र कथाका नाममा उनीहरू आफ्ना गोप्य अंग देखाउँछन्। निकै भल्गर फोटोसुट गराउँछन्। दुःखको कुरा यसरी अंग देखाउनेमध्ये अधिकांशको सपना तुहिने गरेको छ। दीपशिखा खड्का त्यस्तै अभागी मोडल हुन्। उनी पहिलोपटक अढाई वर्षअगाडि स्तन प्रस्टै देखिने फोटोसुट गराएर चर्चामा आएकी थिइन्। त्यसयता उनले स्विमिङ् कस्ट्युमदेखि वान-साइड नेक्ड ड्रेस लगाएर फोटो खिचाइन्।

ड्रेस मात्र होइन, उनको पोज र हाउभाउ पनि निकै उत्तेजक हुने गर्छ। कतिसम्म भने चर्चाकै लागि उनले ‘आफू भर्जिन नरहेको’ सस्तो अभिव्यक्ति सार्वजनिक गरनि्। तर, अहिलेसम्म दीपशिखाले गतिलो फिल्म त के म्युजिक भिडियो पनि पाएकी छैनन्। अखबारमा अर्धनग्न तस्बिर छापेर निर्माता/निर्देशक ‘पट्याउने’ उनको प्रयास असफल भएको छ। निराशाको कारण उनी विदेश पलायन भइसकेको चर्चासमेत चल्न थालेको छ।
– नेपाल साप्ताहिक बाट साभार गरिएको
dipshikha-khadka-hot-photo

SUBSCRIBE 👉