गायिका डेनी रेग्मीको चोलीको तुनामा गाँठो परेपछि…


Kajol-Pandeyग्ल्यामर नेपाल ।
गायीका डेनी रेग्मीको गीत ‘मेरो चोलीको तुनामा’ को भिडियो तयार भएको छ। गायिका रेग्मीको पहिलो डान्सिङ नम्बरको म्युजिक भिडियोको छायांकन काठमाठौं, पोखरा तथा चितवनका विभिन्न स्थानहरुमा गरिएको छ। बिपिन आचार्यको संगीत रहेको गीत शिव पि सुबेदीलेखेका हुन्। गीतले बिशेषत युवा पंक्तिलाई आकर्षितगर्ने अपेक्षा गरिएको छ।

भिडियोलाई निर्देशक दिपेन्द्र घिमिरेले निर्देशन गरेका हुन्। आशिष घिमिरेद्धारा निर्माण गरिएको यस म्यूजिक भिडियोलाई रवीन्द्र बरालले खिचेका हुन्। मोडल काजोल पाण्डेलाई फिचारिंग गरिएको भिडियोमा निर्देशक घिमिरे स्वयम समेत मोडलको रुपमा देखिएका छन्। म्यूजिक भिडियोमा कोरियोग्राफी देवेन्द्र राज पाण्डेको रहेको छ। भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन्। गीतलाई भिजन नेपाल फिल्मस्ले बजारमा ल्याउन लागेको छ।

युवाहरुको रोजाई र माग बुझेरनै आफ्नो पहिलो गीत डान्सिङ नम्बर बजार ल्याउन लागेको गायीका रेग्मीले बताइन्। छिट्टै आफ्नो आवाजमा नयाँ एल्वम बजारमा ल्याउने तयारीमा रहेको रेग्मीले बताइन्। उनले केहि फिल्ममा समेत गीतका लागि प्रस्ताव आएको बताइन। ‘तर यो गीतको प्रतिकृया हेरेर मात्र कस्तो गीतमा बढि ध्यान दिने भन्ने निर्णय गर्नेछु’, उनले भनिन्।

SUBSCRIBE 👉