बेनिशाको लाली हेरेर दुनियाँ मख्ख परेपछि(भिडियो)


Benisha-Hamalग्ल्यामर नेपाल, काठमाडौं ।
गायिका कल्पना कुसुमले पहिलो एल्बम् ‘भमरा’ को ‘मख्खै पर्र्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुरु लम्सालको शब्द, थानेश्वर गौतमको संगीत रहेको गीतको भिडियोमा वेनिशा हमाल र पुष्प खड्काले अभिनय गरेका छन् ।

बुटवलमा रहेर लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशिल कल्पनाले संगीतको औपचारिक यात्रा भने भर्खर थालेकी हुन् । स्नातकोत्तर तह उत्तीर्ण गरेकी कल्पना पेशाले शिक्षिका हुन् । भिडियोमा निशान घिमिरेको सम्पादन छ भने हरि हुमागाईको छायांकन रहेको छ । एल्बमलाई रन्जना म्यूजिक कम्पनीले बजारमा ल्याएको हो ।

SUBSCRIBE 👉