बेल्जीयममा आवाज खोज्दै ओमविक्रम


Om-Bikram-Bistaग्ल्यामर नेपाल, काठमाडौं ।
पप किङ ओम विक्रम विष्टको आवाजमा नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ। “आवाज देउ.…” बोलको गीतको म्युजिक भिडियो हालै बेल्जीयम शहरमा छायाँकन भएको हो। गीतमा गायीका प्रश्ना शाक्यको अवाज (कोरसमा) समेत सुन्न सकिन्छ। पहिलो पटक ओम विक्रम विष्टको आवाजमा रेकर्ड भएको यो गीत पछि गायिका प्रश्ना शाक्यले पनि गाएकी थिईन्।

गीतमा महाराज थापाको संगीत तथा संगीत रहेको छ। माया प्रेमको संयोगान्त कथामा बनेको भिडियोमा योगिता थापा, गौरव पौडेल, राजेन्द्र लम्साल, तेजेन्द्र कँडेल र बाक्पा ब्लेसिङले अभिनय गरेका छन्। भिडियोका छाँयाकान, सम्पादक र निर्देशन उज्जवल केसीले गरेका हुन्। उज्ज्वल लामो समय देखि युरोपमा रहेर नेपाली गीत संगीतलाई अन्तरास्ट्रिय रुपमा पुर्याउन लागि परेका छन्। उनले राम कृष्ण ढकाल, सत्यराज आचार्य, स्वरूप राज आचार्य लगायतका नेपाली चर्चित गायक / गायिकाहरुको थुप्रै म्युजिक भिडियोहरु युरोपमा छायाँकन, निर्देशन तथा निर्माण गरिसकेका छन्।

SUBSCRIBE 👉