गीतकार निलमको सांगीतिक निलम सार्वजनिक


Neelam-Angbuhangग्ल्यामर नेपाल, काठमाडौं ।
चर्चित गीतहरु ‘पुरानो हुँदैन माया’, ‘जुनी जुनीलाई’देखि ‘जीवनसाथी तिमीलाई’की गीतकार नीलम आङबुहाङ राईले तेस्रो आधुनिक गीति एल्बम ‘निलम’ श्रोतामाझ ल्याएकी छन् ।

बेलायतमा बसोबासरत निलमले त्यही आफ्नो एल्बम सार्वजनिक गरेकी हुन् । बेलायत,फोक्सटन सर्नक्लिफको फेमिली कम्युनिटी सेन्टरमा आयोजित समारोहमा प्रमुख अतिथि २ आरजिआरका गोर्खा मेजर प्रेमबहादुर गुरुङ, नेपाली महिला संघ, लण्डनका महासचिव तथा गीतकार शशी थापा सुब्वा र बिएफ बिएस गोर्खा रेडियोका स्टेशन मेनेजर लाल शाही लगायतले एल्बम सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा ‘मेरी प्रियतमा’ र ‘विवसताले’ बोलको दुई गीतको म्युजिक भिडियो पनि प्रिमियर गरिएको थियो । निर्देशक मिलन चाम्सले निर्देशन गरेको भिडियोमा राजेश हमाल, जिवन लुँइटेल, अशिष्मा नकर्मी र नन्दिता केसीको अभिनय रहेको छ ।

एल्बममा ७ वटा गीत समावेश छन । नीलम क्रिएसनले बजार व्यवस्थापन गरेको एल्बमभित्र सुरेश अधिकारी, शान्तिराम राई, बीबी अनुरागी, खगेन्द्र पन्धाक लिम्बु र रमेश खड्काको संगीत छ भने गीतमा रिमा गुरुङ, हेमन्त शर्मा, स्वरुपराज आचार्य, मिलन अमात्य, शाहिद मालिया, लक्ष्मण लिम्बु र बीबी अनुरागीले स्वर दिएका छन् । निलमले यसअघि श्रोतामाझ ‘जुनी जुनी’, ‘जुनी जुनी–२’सहित ‘अन्तर्मनका तरंगहरु’ गीति संग्रह ल्याईसकेकी छन् ।

SUBSCRIBE 👉