नेपाली ताराका प्रतियोगीले नचाए दर्शक


Nepali-Taraग्ल्यामर नेपाल, काठमाडौं ।
नेपालको सबैभन्दा ठूलो सांगीतिक रियालिटी शो ‘कोका–कोला नेपाली तारा’ का उत्कृष्ट १० प्रतिष्पर्धीहरुले राजधानीको बसन्तपुर डबलीमा दर्शकमाझ प्रत्यक्ष प्रस्तुति दिएका छन् ।

प्रतियोगीहरुले शुरुमा सामाजिक सञ्जाल पार्टनर मास्टरपिसलाई समर्पण गर्दैै देशभक्ति गीत ‘रातो र चन्द« सूर्य’ गाएका थिए । यो गीत पछि कोका–कोला नेपाली तारा ३ का प्रस्तोताहरु नेपाली तारा २ का विजेता सन्तोष लामा र नेपाली तारा १ का उप–विजेता धर्मेन्द« सेवानले स्टेज सम्हाल्दै अर्को देशभक्ति गीत ‘वीरताको चिनो’ गाएका थिए । त्यसपछि कोका–कोला नेपाली तारा ३ का सबै उत्कृष्ट १० प्रतिस्पर्धिहरुले आ–आफना एकल गीतहरु प्रस्तुत गरेका थिए ।

तीन घण्टा भन्दा बढीसम्म चलेको कार्यक्रममा देवेश राईले ‘मस्की मस्की’, सुरेश लामाले ‘गालाको कोठी’, विशाल आत्रेयले ‘गुराँस फुल्यो’, सुष्मा विकले ‘मख्मली चोली’, प्रताप लामाले ‘मेरो नेपाल’, सुदेश सुवेदीले ‘हे तुलसी’, धर्मेन्द्र सेवानले ‘हेर्दा राम्रो’, प्रताप दासले ‘रेशम’, जल्जला परियारले ‘मलाई पुगेन’लगायतका गीत गाएका थिए ।

कोकाकोला नेपाली तारा ३ को विजेताले एउटा मोटरसाइकल लगायत २ लाख ५० हजार नगद पुरस्कार र कोकाकोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्येकले ११ हजार नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन् । कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्टे«लिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् । अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन् ।

SUBSCRIBE 👉