एल्बम विमोचनसँगै तीन पत्रकारलाई सम्मान


Samman-Photoग्ल्यामर नेपाल, काठमाडौं ।
राजधानी र युकेलगायत विश्वका विभिन्न देशका लागि राजधानीबाट प्रसारण हुँदै आएको बिएफबिएस रेडियोले हालै ललितपुरस्थित आफ्नै स्टुडियोमा प्रत्यक्ष कार्यक्रम गरी गीतकार सीता शेरचनको एल्बम विमोचनसँगै तीन चलचित्र पत्रकारलाई सम्मान गरेको छ ।

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ संगीतज्ञ अम्बर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गुरुङले नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई झण्डै साँढे दुई दशकदेखि पत्रकारितामार्फत नेपाली कला र संगीत क्षेत्रमा योगदान पु¥याएवापत ५ हजार एक सय रुपैंयाँका साथ सम्मान गरिएको थियो । यसैगरी दुई दशकभन्दा अघिदेखि पत्रकारितामार्फत नै फिल्म र संगीत क्षेत्रमा योगदान पुयाएवापत पत्रकारद्वय डब्बु क्षेत्री र कृष्ण भट्टराईलाई पनि जनही ५ हजार एक सय रुपैंयाँसहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन चर्चित आरजे तथा भिजे सरोज केसीले गरेका थिए ।

कार्यक्रममा संगीत साधक गुरुङले गीतकार शेरचनको डेब्यु एल्बम ‘परदेशी मन’को विमोचन गरेका थिए । रेडियोका नेपालस्थित स्टेशन मेनेजर विनोदध्वज खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा गीतकार शेरचनले परदेशमा रहँदाका विभिन्न भावलाई गीतका रुपमा तयार पारेको खुलाइन् । २२ वर्षदेखि प्रवासमा बस्दै आएकी गीतकार शेरचनको एल्बममा ‘अधुरो मायासँगै’, ‘लुकाएर आँशु हास्नु पर्दा’, ‘खुटुमा खुटु बाडुली’, ‘मलाई हेर्ने आकाशमा’ बोलका गीत छन्, जसमा ताराप्रकाश लिम्बु, शिखर सन्तोष र अर्जुन सुनामले संगीत दिएका छन् ।

गीतमा रजिना रिमाल, प्रमोद खरेल, अञ्जु पन्त र अर्जुन सुनामले स्वर दिएका छन् । कार्यक्रममा गीतकार शेरचनले कपनमा रहेको संयुक्त अपांग एकता आवाज केन्द्रका अध्यक्ष तीलबहादुर कार्कीलाई २१ हजार १ सय रुपैंयाँ सहयोग गरेकी थिईन् ।

SUBSCRIBE 👉