ग्ल्यामर नेपाल,
गत भदौ ६ गते प्रदर्शन मिति तोकेको फिल्म ‘सम्बोधन’ले श्रावण २३ गते रिलिज भएको स्व.श्रीकृष्ण श्रेष्ठको फिल्म ‘कोहिनुर’ ले राम्रो व्यापार गरेर हलबाट बाहिरिने सम्भावना नरहेपछि फिल्मले आफ्नो रिलिज मिति सारेको थियो। ‘सम्बोधन’ आगामी माघ १६ गते रिलिज हुने भएको छ। सम्बोधनले हालै फिल्मको नयाँ पोस्टर र यु ट्युबमा नयाँ ट्रेलर समेत सार्वजनिक गरेको छ।
फिल्मलाई ‘होस्टल’ तथा ‘जेरी’ निर्देशक हेमराज विसीले निर्देशन गरेका हुन्। ‘सम्बोधन’मा नम्रता श्रेष्ठ, दयाहाङ राई, विनय भट्ट, प्रशान्त ताम्राकारले मुख्य पात्रको रुपमा अभिनय गरेका छन्। निर्देशक हेमराज विसी निर्देशित अघिल्ला फिल्महरु ‘होस्टल’ र ‘जेरी’ले नेपाली फिल्मी बजारमा राम्रो व्यापार गरिसकेकाले यो फिल्मले पनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ। फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन।
होम » फिल्मी न्युज / गसिप » माघ १६ गते रिलिज हुने ‘सम्बोधन’को नयाँ ट्रेलर र पोस्टर
सम्बन्धित पोस्टहरु
५० वर्ष नाघेपछि सगरमाथाको सपना पछ्याएका राज गुरुङको यात्रा अब पर्दामा
राज गुरुङको समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रालाई समेटिएको ‘रोड टु एभरेस्ट’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। वृत्तचित्रले साहस, आरोहणका...
अनमोल र सुहाना तेस्रोपटक एकसाथ, ‘ए मेरो हजुर ५’को छायांकन सुरु
‘ए मेरो हजुर ५’को छायांकन बंगलामुखी मन्दिरमा शुभमुहूर्तसँगै सुरु भएको छ। फिल्ममा अनमोल केसी र सुहाना थापा तेस्रोपटक जोडी बन्दैछन् भने निर्देशक झरना थापा करिब...
निर्माता बने पल शाह, अञ्जना मगर सँग जोडी बाँध्दै ‘यानीमाया’को छायाँकन सुरु
अभिनेता पल शाहले ‘यानीमाया’मार्फत फिल्म निर्माणमा नयाँ यात्रा सुरु गरेका छन्। ओम प्रतीकको निर्देशनमा बन्ने फिल्ममा अञ्जना मगरसँग उनको जोडी देखिनेछ।
प्रदीप र सनिशाको ‘शुभ विवाह’ घोषणा, सुदर्शनसँग दशकपछि प्रदीपको सहकार्य
प्रदीप खड्का र सनिशा भट्टराईको नयाँ जोडी रहने ‘शुभ विवाह’बाट प्रदीप र निर्देशक सुदर्शन थापा करिब एक दशकपछि पुनः सहकार्य गर्दैछन्। फिल्म फागुन २१ मा प्रदर्शन...
४ करोडमा हरर फिल्म भिडियोटेप, उपासना र कुन्दनले सम्हाल्दै मुख्य भूमिका
एप्पल इन्टरटेन्मेन्टको नयाँ हरर फिल्म ‘भिडियोटेप’मा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा देखिने भएका छन्। फिल्मको छायांकन भदौ ५ देखि उपल्लो...
के म माइतीको टेको बन्न पाउँदिन र बा? अक्षरा’ टिजरमा न्यान्सीको संवादले भावुक बनाउँछ
विनयराज पौडेल निर्देशित ‘अक्षरा’को टिजरले विवाहपछि महिलाले भोग्ने घरेलु हिंसा, पारिवारिक दबाब र छोरीको अस्तित्वमाथि समाजमा कायम परम्परागत सोचलाई प्रश्न गरेको छ।
दशैंमा आउँदै ‘१२ गाउँ २’, निर्माण पक्षको तयारी कहाँ पुग्यो?
समिर भट्टको मुख्य भूमिका रहेको ‘१२ गाउँ २’ को डबिङ र पोस्ट–प्रोडक्सन तीव्र गतिमा भइरहेको छ। बिराज भट्ट निर्देशित चलचित्र असोज ३० गतेदेखि प्रदर्शनमा आउने...
दीपकप्रसाद आचार्यको ‘चिरञ्जीवी भवः’ ५१ दिनमा सकियो छायांकन, माघ १ गते रिलिज
‘परान’पछि निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को दोस्रो फिल्म ‘चिरञ्जीवी भवः’को ५१ दिन लामो छायांकन पूरा भएको छ। पारिवारिक सम्बन्धको कथा बोकेको फिल्म २०८३ माघ १...

