४४ बर्ष पुगेकी करिष्माले अब चलचित्र निर्देशन गर्ने


Karishma-Manandhar-44-yearsग्ल्यामर नेपाल, काठमाडौँ। नेपाली चलचित्र क्षेत्रमा करिब टिन दशक पर गरिसकेकी नायिका करिश्मा मानन्धरको सौन्दर्य पहिले जस्तो थियो अहिले पनि त्यस्तै नै छ। त्यसैले चलचित्र बजारमा उनी सदाबहार नायिका को रुपमा चिनिन्छिन।

उनै सदाबहार अभिनेत्री करिष्माको आज (मंगलबार २०१४ फेब्रुअरी ४) ४४ वर्ष पुगेकी छिन। नेपाली कलाक्षेत्रमा “सन्तान” चलचित्रबाट नायीकाको रुपमा प्रबेश गरेकी करिष्माले आफ्नो जन्मदिनमा कुनै बिशेष कार्यक्रम पनि राखीनन्। श्रीमान बिनोद मानन्धर र छोरी कविताको जन्मदिनलाई भव्य रुपमा मनाउने गर्ने करिष्माले किन आफ्नो जन्मदिन मनाउन त्यति रुचि राख्दीन् त ? ‘मेरो आफ्ना भनेकै बिनोद (श्रीमान) र कबु (छोरी) हुन्।’ करिष्माले भनिन् ,’ त्यसैले उनिहरुको जन्म दिन भब्य मनाउदा मलाई खुसी लाग्छ। आफ्नो जन्म दिन भने मनाउन त्यति मन नलाग्ने उनले खुलाइन्। आज आफ्नो सासुआमा लण्डनबाट आउने भएकाले परिवारसँग बसेर केही रमाईलो गर्ने मुड भने उनले बनाएको सुनाइन्।

केही समय यता चलचित्रमा नायीका भन्दा पनि चरित्र अभिनेत्रीका रुपमा र म्युजिक भिडीयोमा मोडलका रपमा देखिदै आएकी करिष्माले चलचित्र निर्माणमा पनि हात हालेकी थिइन्। तर निर्माण गरेको कुनै पनि चलचित्रले अभिनय जति सफलता भने दिलाउन सकेन उनलाई। निर्माण नफापे पनि निर्देशन गर्ने सोच बनाएकी करिश्मा भन्छिन “राम्रो स्क्रिप्ट पाए अब चलचित्र निर्देशन गर्नेछु।” अभिनयलाई थाती राखेर करिष्माले केही बर्ष अमेरीका पनि बिताएकी थिइन्। त्यताको परिस्थीति के भयो थाहा छैन तर याहा भने कलाक्षेत्रको मायाले आफु फर्किएको उनि बताउदै आएकी छन्। करिश्मालाई जन्मदिनको धेरै धेरै शुभकामना !

SUBSCRIBE 👉