नायिका सुरभी जैनले गरिन् फिल्मी क्षेत्रबाट विश्राम घोषणा


Surabhi-Jain

Actress Surabhi Jain | Photo Source: CyberSansar

ग्ल्यामर नेपाल,
नायिका सुरभी जैनले फिल्मी क्षेत्रबाट विश्राम लिएको घोषणा गरेकी छिन्। उनले नेपाली फिल्म ‘समय’बाट नेपाली फिल्मी क्षेत्रमा प्रवेश गरेकी हुन्। उनले नयाँ बर्षको दिन आफ्नो फेसबुक पेज मार्फत् फिल्मी क्षेत्रबाट सन्यास लिएको घोषणा गरेकी हुन्। उनले फेसबुकमा ‘फिल्म उद्योगबाट ब्रेक लिँदैछु। तपाईँ सवैको माया र सहयोग पाउँदा म एकदमै खुसी छु।’ लेखेकी छिन्। साथै ‘आफ्नो बुवाको ब्यबशायमा लाग्ने र राम्रो उद्यमी बन्न कोसिस गर्ने’ समेत बताएकी छिन्।

नायिका सुरभिले अभिनय गरेको फिल्म ‘समय’ मात्र प्रदर्शनमा आयो। उनले अरु केही फिल्महरुमा अभिनय गरेपनि ‘समय’ बाहेक अरु फिल्म प्रर्दशनमा आएका छैनन्। सुरभीले फिल्मी क्षेत्रमा रहँदा आफूलाई माया गर्ने चलचित्रकर्मीलाई धन्यवाद दिदै फिल्मी क्षेत्रबाट राम्रो अनुभव संगालेको समेत बताएकी छिन्। उनि अभिनित फिल्म ‘समय’ असफल भएपछि सुरभीको फिल्मी चर्चा ओझेलमा परेको थियो।
सुरभी जैन को फेसबुक पोस्ट
“Taking a break from the film industry – It was really a good experience plus am privileged to get such a tremendous love and get acknowledged by all u ppl….. Got into dad’s business… trying to become a good entrepreneur… LEARNING !!! Thank u Film Industry, my wellwishers and all yu my Facebook friends.”
Surabhi-Kain-FB-Post

SUBSCRIBE 👉