ग्ल्यामर नेपाल, काठमाडौँ ।
हाँस्य अभिनेत्री दीपाश्री निरौलाले १६ बर्षपछि फिल्मको गीतमा छिन। आफ्नै लगानीमा निर्माण भईरहेको फिल्म ‘वडा नम्बर ६’को एक गीतमा उनि नाचेकी हुन्। करिब १६ बर्ष अघि उनि फिल्म ‘सुकुम्बासी’को ‘घिनघिन मादल…’ बोलको गीतमा नाचेकी थिईन्। “पटुकीमा सिउरेको सुर्के थैली खैै ?” गीतको छायाँकन संगै चलचित्र ‘वडा नम्बर ६’को छायांकन सकिएको छ। राजनराज सिवाकोटीले संगीत दिएको गीतमा अन्जु पन्त, राजु विश्वकर्मा र सिवाकोटी कै स्वर छ।
गीतमा दीपाको साथमा नायिका प्रियंका कार्कीले पनि आफ्नो नाच प्रस्तुत गरिन। दिपा र प्रियंकालाइ कलाकारहरु दीपकराज गिरी, दयाहाङ राई, जीतु नेपाल, केदार घिमिरे, सिताराम कट्टेलले साथ दिए। मुलपानीमा छायांकन भएको गीतमा कलाकारहरुलाई शंकर वीसीले नृत्य निर्देशन गरेका थिए।
फिल्म को निर्देशन उज्ज्वल घिमिरेले गरेका हुन्। फिल्ममा विल्सन विक्रम राई र दीपाश्री निरौलाको बिशेष भूमिका छ। फिल्मलाई दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको संयुक्त लगानीमा निर्माण गरिएको हो।
वडा न.६ मा दीपकलाई प्रियंकाको चुम्बन । फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्