“लभ बर्डस्” मा मोडल पौल शाह र वर्षा राउतको रोमान्स


काठमाडौं । फिल्म पत्रकार शान्तिप्रिय फिल्म निर्माणमा लागेका छन्। उनी कार्यकारी निर्माताका रुपमा रहनै गरी शनिवार फिल्म ‘लभ बर्डस्’को राजधानीमा घौषणा गरिएको छ। फिल्मको निर्देशन सुरेश दर्पण पोखरेलले गर्ने भएका छन्। फिल्म पूर्ण रुपमा युवाहरु बीचको प्रेमकथामा आधारित हुने बताईएको छ। फिल्मको मुख्य भूमिकामा नेपाली पप म्युजिक भिडियोहरु माझ चर्चित मोडल पौल शाह र वर्षा को रहने भएको छ।
Model Paul Shah - Barsha Raut‘दुई दशक देखि चलचित्र पत्रकारिता गरिरहेका शान्तिप्रियले आफ्नो अनुभवले फिल्म निर्माण गर्न लागेको बताएका छन्। निर्देशक पोखरेलले दुई वर्षको ग्याप पछि फिल्म निर्दैशन गर्न लागेका हुन्। उनले दुई वर्ष अघि फिल्म ‘थ्री लभर्स’ निर्देशन गरेका थिए। तर फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन। चलचित्र विकास बोर्डका सदस्य, सैन्सर बोर्डका सदस्य हुँदै फिल्म वितरक समेत रहेका पोखरेलले सबै अनुभवलाई समैटेर फिल्म बनाउने बताएका छन्।

मोडल पौल शाह र वर्षा राउत – फोटो ग्यालरी हेर्नुहोस्

कार्यक्रममा फिल्मका कलाकार सलौन बस्नेत, संजोग कोइराला, मोडल पौल शाह र वर्षा राउतले फिल्ममा आफ्नो चरित्र बारे व्याख्या गरेका थिए। फिल्मका प्राविधिक तर्फ छाँयाकारमा पुरुषोत्तम प्रधान फाइलन भइसकेका छन् भने सोभित बस्यालले फिल्ममा संगीत सँगै कथा पनि लेख्नेछन्।
वैशाखबाट छायांकन हुने फिल्मको अधिकांश दृश्य पोखरामा छायांकन गरिने बताईएको छ। फिल्म परिचय नेपालको व्यारनमा निर्माण हुन लागेको हो।

SUBSCRIBE 👉