शास्त्रीय साँझ गर्दै भारतीय कलाकार


Basuri-Badakकाठमाडौ । चर्चित भारतीय बाँसुरीवादक पण्डित राकेश चौरशिया र अर्का चर्चित तवलाबादक पण्डित विजय घाटेले आगामी फागुन २६ गते राजधानीमा शास्त्रीय धुन प्रस्तुत गर्ने भएका छन् ।

‘पण्डित राकेश चौरशिया एण्ड पण्डित विजय घाटे लाईभ ईन नेपाल’ नामक कार्यक्रममा यी दुईले विभिन्न राग, शास्त्रीय धुन तथा नेपाली धुन प्रस्तुत गर्नेछन् । कार्यक्रममा नेपालका तर्फबाट तबलामा नवराज गुरुङ र शास्त्रीय सहनायीमा धनबहादुर गुरुङले पनि नेपाली शास्त्रीय धुन सुनाउनेछन् । कार्यक्रमको आयोजना नेपाली बाँसुरीवादक बुद्ध लामाले गर्न लागेका हुन् भने व्यवस्थापन चौतारी क्रियसनले गर्न लागेको हो ।

४० र ५० का दशकका दर्जन नेपाली फिल्ममा बाँसुरीका धुन दिएका चौरसियाले डेढ दशक पछि आफु एकल साँझको लागि काठमाडौं आउन लागेको भिडियो सन्देश आयोजकलाई पठाएका छन् । आफुले शास्त्रीय संगीत प्रेमीलाई दुई घन्टा विभिन्न सांगीतिक रागले आनन्दित तुल्याउने पनि उनले बताए । डेढ दशक अघि आफ्ना काका तथा गुरु हरिप्रसाद चोरशीयासँग उनी शास्त्रीय धुन प्रस्तुत गर्न नेपाल आएका थिए ।

भारतको राष्ट्रिय पुरस्कार पदमा श्रीबाट विभूषित घाटे र चौरशियाले युरोप, अमेरिका, अष्ट्रेलिया र पूर्वी एसियामा धेरै पटक आफ्नो एकल शास्त्रीय प्रस्तुति दिईसकेका छन् । कार्यक्रम राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको मुख्य प्रेक्षालयमा हुनेछ ।

SUBSCRIBE 👉