वडा नम्बर ६ सँग प्रियंकाको बर्थडे


Priynaka-Karkiकाठमाडौं । नायिका प्रियंका कार्कीले फिल्म वडा नम्बर ६ को युनिटसँग बर्थडे केक काट्दै आफ्नो २८ औं जन्मदिन मनाएकी छन् । फिल्मका निर्माता दिपकराज गिरी र दिपाश्री निरौलाले फिल्मकी नायिका प्रियंकालाई घरमै बोलाई केक काट्ने वातावरण मिलाईदिएका थिए ।

तिथिका हिसाबले महाशिवरात्री जन्मदिन परे पनि मितिका हिसाबले उनले गत शुक्रबार जन्मदिन मनाएकी हुन् । ‘आफु जस्तो छु सधैभरि त्यस्तै रहिरहन पाईयोस यही नै मेरो कामना हो’ जन्मदिनमा उनले भनिन् ‘म जुन क्षे्त्रमा छु खुशी छु आफुले सानैदेखि इच्छाएको क्षेत्रमा भएकाले पनि कुनै कुराको गुनासो छैन” । आगामी दिनमा अझ राम्रा फिल्ममा अभिनय गर्ने प्रियंकाको चाहना रहेछ । उनलाई ‘वडा नम्बर ६’ र ‘हाउ फन्नी’ फिल्मका अभिनेता दयाहाङ राई निकै मनपर्दो रहेछ ।
Priyanka-Birthdayसन् २०११ देखि फिल्म ‘मेरो बेष्ट फ्रेण्ड’बाट रजतपटमा डेब्यु गरेकी हुन् । उनले हालसम्म १ दर्जन फिल्ममा अभिनय गरिसकेकी छन् । वडा नम्बर ६ मा उनलाई दिपकराज गिरी, जितु नेपाल, सिताराम कट्टेल धुर्मुुस, केदार घिमिरे, दयाहाङ्ग राई लगायतले साथ दिएका छन् । उज्जवल घिमिरे निर्देशक रहेको फिल्मको हाल पोष्ट प्रोडक्सनको काम भईरहेको छ । फिल्ममा निर्मल शर्मा गैडाको पनि लगानी रहेको छ ।

SUBSCRIBE 👉