चचित हाँस्य कलाकार हरिबंश आचार्यले निर्माण गर्ने भनिएको फिल्मको टाइँटल करिब फाइँनल भएको छ। तर हरिबंशको रोजाईमा परेको फिल्मको टाइटलमा निर्देशक उज्वल घिमिरेले भने सहमत भएका छैनन्। श्रोतका अनुसार डिजिटल सिनेमा नेपाल (डिसिएन) संगको संहकार्यमा हरिबंशले निर्माण गर्न लागेको फिल्मको टाइटल ‘मिस्टर श्रीमान नेपाल’ राखिएको छ। तर बदलिदो समय अनुसार एस्तो खालको टाइटलले दर्शकहरुको फिल्म प्रति ध्यानाकर्षण नरहने भन्दै निर्देशक घिमिरेले फिल्मको टाइटललाई समर्थन नदिएका हुन्।
करिव एक दशक पछि फिल्म निर्माण गर्न लागेका हरिबंश हाल फिल्मको स्क्रिप्ट लेखिरहेका छन्। ‘मिस्टर श्रीमान नेपाल’ स्क्रिप्ट लाई सुहाउँदो टाइटल भएकोले एक तर्फी फाईनल गरेको स्रोतले जनाएको छ। फिल्ममा कमेडी र राजनीति दुवैको फ्यूजन रहने बुझिएको छ। फिल्म आउँदो दशैमा प्रर्दशन हुने तयारीका साथ फ्लोरमा जाने बताइएको छ।