बैंग्लोरमा उडायो रेलैले


काठमाडौं । भारतको बैंग्लोरमा अध्ययनरत नेपाली विद्यार्थीमाझ लोक रक ब्याण्ड नेपथ्यले आफ्नो सांगीतिक प्रस्तुति दिएको छ । स्थानीय आर आर इन्स्टिच्यूटको मैदानमा जम्मा भएका तीन हजारभन्दा बढी दर्शकलाई टोलीले नेपालीपनको माया बाँडेको हो ।
Amrit Gurungसन् २००२ देखि ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत नेपथ्यले विशेष गरि विद्यार्थी र पठन–पाठन क्षेत्रमा आफूलाई केन्द्रित गर्दै आएको छ । त्यसै क्रममा २५ हजारभन्दा बढी नेपालीभाषी विद्यार्थीले अध्ययन गर्दै आएको कर्णाटक भूमिमा उसले आफ्ना नयाँ पुराना सिर्जना प्रस्तुत गरेको हो ।

नेपथ्यको कन्सर्ट हेरेपछि इलामे विद्यार्थी सुनिलले धेरै बर्ष अगाडी स्कुले छात्र हुदाँ आफ्नो गाउँ फिक्कलमा नेपथ्यको कन्सर्ट हेरेको स्मरण गर्दै पुनः आफु अध्ययनरत कलेजमा हेर्ने मौका मिल्दा खुशी लागेको बताए । कार्यक्रममा टोलीले श्रोताहरुलाई सार्वजनिक हुनै लागेको नयाँ गीत‘हो रामा रामा, हो रामा रामा हाइ माया हाँसी दिँदा, देब्रे गालामा डिम्पल बसने …’पनि गाएको थियो ।
Nepathya Bandकार्यक्रममा ‘रेशम’, ‘तालको पानी’, ‘भेँडाको ऊनजस्तो’, ‘उडायो रेलैले’, ‘जोमसोमे बजारमा’, ‘छेक्यो छेक्यो’, ‘यो जिन्दगानी’ र ‘लामपाते सुरती’ लगायतका गीतहरुमा दर्शक नाचेका देखिन्थे । नेपथ्यमा टोलीका मुख्य गायक अमृत गुरुङलाई किबोर्डमा सुरज, ड्रमसेटमा ध्रुव, बेस गितारमा सुविन, लिड गितारमा निरज र मादलमा शान्तिले सघाएका थिए ।

SUBSCRIBE 👉