पत्रकार डीबी बने म्युजिक भिडियो निर्देशक


काठमाडौं । लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका युवा पत्रकार धनबहादुर(डीबी) खड्काले पहिलोपटक म्युजिक भिडियोको निर्देशन गरेका छन् । शुक्रबार साप्ताहिकमा आवद्ध खड्काले प्रमोद खरेलद्वारा स्वरबद्ध गीत ‘मुटु जलाई’को भिडियोको एक्सन कट गरेका हुन् ।
DB Khadkaभिडियोमा सन्तोष श्रेष्ठ र सनम कठायतले अभिनय गरेका छन् । गीतमा भावना कोइराला शब्द र सन्तोष श्रेष्ठको संगीत छ । संघर्षरत गायकको कथालाई लिएर बनाइएको भिडियोमा सन्तोषले संगीतकार र मोडल सनमले गायकको भूमिकामा अभिनय गरेका छन् ।

ममता धामी र पदमराज शर्माले समेत अभिनय गरको म्युजिक भिडियोलाई अहिलेका चल्तिका छायांकार ज्ञानेन्द्र शर्माले खिचेका हुन् । अर्जुन पोखरेलले सम्पादन गरिरहेको भिडियो वैशाख १ गते सार्वजनिक हुँदैछ । भिडियोका प्रस्तुतकर्ता डा. अजित शाह हुन् ।

SUBSCRIBE 👉