गुमनाम भइन् सुमिना


sumina-ghimireभनिन्छ, सफलता पाउनभन्दा बचाउन मुस्किल हुन्छ। तर नेपाली चलचित्रकी नायिका सुमिना घिमिरेले आफूले पाएको सफलता बचाउन नसक्दा छोटो समयमा गुमनाम हुन अवस्थामा पुगेकी छिन। सुमिना करिब तीन वर्षअघि ‘दुलही’मार्फत नेपाली रजतपटमा भित्रीएकी थिइन। सो चलचित्रमा उनले सोझी युवतीको भूमिका निर्वाह गरेकी थिइन। ‘दुलही’ रिलिज भएपछि उनले केही राम्रा सिनेमामा अभिनय गर्ने मौका पाइन तर कुनै फिल्म पनि व्यावसायिक रुपमा सफल हुन सकेनन। बरु उनी आफ्नो छवि परिवर्तन गर्न तल्लीन भइन। निकै बोल्ड र सेक्सी भूमिकामा देखिन थालिन। तर दु:खको कुरा के भने जति नै कामुक हाउभाउ देखाए पनि उनका फिल्म सफल भएनन्। ‘नाइन ओ–क्लक’, ‘लभ फरेभर’, अप्रिल फुल’ र ‘स्टार’मा उनले निकै कामुक अभिनय गरेकी थिइन। तर उनको करिअरमा कुनै प्लस पोइन्ट भएन।

यसरी करिअरमा संकट आइपरेको बेला सुमिना विभिन्न स्क्यान्डलमा फसिन। उनले खेलेका हरेक चलचित्रका निर्माता/निर्देशकसँग उनको नाम जोडिन थाल्यो। त्यतिसम्म पनि ठिकै थियो तर जब उनले एक अनलाइनमा कार्यरत पत्रकारलाई मार्ने धम्की दिइन, तब उनको दुखको दिन सुरु भयो। दर्शकमाझ उनको छवि पूर्णत नकारात्मक भयो। आफ्नै सहकर्मीले पनि हेयको दृष्टिकोणले हेर्न थाले। कतिसम्म भने अहिले त दर्शकले मात्र होइन, निर्माता–निर्देशकले पनि उनलाई रेडकार्ड देखाउन थालेका छन्। निर्माता–निर्देशक रिझाउन ‘माहिर’ हिरोइनका रुपमा परिचित सुमिनालाई खेल्ने पक्कापक्की भइसकेको फिल्म पनि गुमाउन थालेकी छिन। केही दिन अगाडी पनि रंगपत्रकार लक्ष्मण सुवेदीको चलचित्र ‘एउटा साथ’बाट उनलाई निकालेर अनु शाहलाई मौका दिइएको छ। तर, यसबारे सुमिनाको कुनै प्रतिक्रिया बाहिर आएको छैन। बरु सार्वजनिक कार्यक्रममा पनि निकै कम देखिन थालेकी छिन। यसले कतै उनी फिल्म लाइनबाटै टाढिन लागेकी त होइनन् ? भन्ने आशंका जन्माएको छ।

SUBSCRIBE 👉