महामारी पीडितलाई फिल्मकर्मीको सहयोग


Artistकाठमाडौं । केही समयदेखि जाजरकोटमा फैलिएको महामारीले पीडित बनेका मानिसहरुलाई सहयोग गर्न फिल्मकर्मीहरुले आर्थिक संकलन अभियान शुरु गरेका छन् । बुधबार राजधानीस्थित अनामनगरको मण्डला नाटक थिएटरमा निर्देशक, कलाकार भेला भई महामारी नियन्त्रण गर्न सबैजना चनाखो हुनुपर्ने बताए ।

निर्देशक निश्चल बस्नेतले फेसबुकमा मात्र लेखेर पीडितलाई राहत नपुग्ने बताउँदै उनीहरुलाई आर्थिक सहयोगको खाँचो रहेको बताए । अभिनेत्री प्रियंका कार्कीले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन् । निर्देशक मनोज पण्डितले फिल्मकर्मीको काम मनोरञ्जनमात्र नभई सामाजिक कामका लागि पनि एक हुनुपर्ने जोड दिए ।

कलाकार दयाहाङ राईले गत वर्ष सुनकोशीमा गएको पहिरोको स्थलगत अवलोकनको स्मरण गर्दै देशमा हुने यस्ता नराम्रा घटनाक्रमले आफुलाई दुःखी बनाउने बताए । जाजरकोटमा फैलिएको महामारीका लागि मण्डला नाटक घरको आँगनमा भेला भएका फिल्मकर्मीबाट बीस हजार बढी रकम समेत संकलन गरिएको छ । संकलित रकमलाई यसै साता प्रभावित क्षेत्रमा पुर्याइनेछ । तीन सातादेखि जाजरकोटमा फैलिएको स्वाइन फ्लुले झण्डै २६ जनाको ज्यान गइसकेको छ भने भने दर्जनौं व्यक्ति बिरामी परेका छन् ।

SUBSCRIBE 👉