छेस्कोको संगीत सार्वजनिक


लागु पदार्थ दुव्र्यसन र महिला बलात्कार तथा हिंसाका विषयलाई प्रस्तुत गरिएको फिल्म ‘छेस्को’को अडियो सार्वजनिक भएको छ। साउन १५ बाट अल नेपाल रिलिज हुने फिल्ममा राम कार्कीको संगीत र सुरेन्द्र महर्जनको गीत छ।

chheskoए आर फिल्मस् प्रोडक्सनको व्यानरमा दुर्गा विष्टले निर्माण गरेको फिल्मका लेखक तथा निर्देशक सुरेश थापा हुन्। राजधानीमा बिहीबार आयोजित कार्यक्रममा हिन्दु प्रतिष्ठान नेपालका अध्यक्ष सुशिल कोइराला, कलाकार सिर्जना सुब्बा, बुद्धिमान तामाङ, अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठ क्रेजीलगायतले अडियो सार्वजनिक गरे।

फिल्ममा करण, पूजना प्रधान, पवित्रा आचार्य, करण श्रेष्ठ, श्रृष्टि सेन्चुरी, राजन कार्की, रविन वैद्यलगायतको अभिनय रहेको छ भने शिवम् पोख्रेलको नृत्य र गणेश कुमार श्रेष्ठको छायांकन रहेको छ।

SUBSCRIBE 👉