प्रेम प्रस्ताव राख्नेहरुलाई स्माइली :) – वर्षा राउत । फोटो ग्यालरी


नाम वर्षा भएकैले होला, वर्षा राउत पानीमा रुझ्न औधी मन पराउँछिन्। ‘सिमसिमे पानीमा रुझ्दै स्कुटी हाँक्न निकै मज्जा आउँछ,’ वर्षाले आफ्नो रहर सुनाइन्। सिन्धुलीकी वर्षा जुम्ल्याहा भाइहरूकी एक मात्र दिदी हुन्। व्यवस्थापन विषयमा स्नातक गरिरहेकी वर्षा भन्छिन्- ‘पहिले पढाइ सक्छु, त्यसपछि केही राम्रा चलचित्रमा काम गर्छु।’ भविष्यमा एउटा ग्य्रान्ड बुटिक सञ्चालन गर्ने योजना बनाइरहेकी २१ वर्षीय वर्षा साउनमा मेहन्दी पनि लगाउन रुचाउँछिन्। त्यसबाहेक मेरा अरू पनि धेरै रहर छन्, ती अर्को पटक भेट्दा भन्छु है ?’-चुलबुले वर्षाले मीठो मुस्कान छर्दै भनिन्।
Actress Barsha Rautमुस्कान नै वर्षाको व्यक्तित्वको सबैभन्दा सबल एवं आकर्षक पक्ष हो, त्यसैले उनको मुस्कानको प्रशंसा धेरैले गर्ने गरेका छन्। एक वर्षको अवधिमा झन्डै ६० वटाभन्दा बढी म्युजिक भिडियो तथा चारवटा विज्ञापनमा मोडलिङ गरिसकेकी वर्षा प्रेमकथात्मक चलचित्र ‘लभ बर्ड्स’की नायिका हुन्। प्रेम सम्बन्धका बारेमा वर्षा भन्छिन्- ‘अहिलेसम्म म कसैको प्रेममा परेकी छैन, तर मलाई माया गर्नेहरू धेरै छन्।’ आफ्नो फेसबुकको इन्बक्समा प्रेम प्रस्ताव पठाउनेहरूको संख्या बढिरहेको कुरा वर्षाले हाँस्दै सुनाइन्। ‘प्रस्ताव राख्नेहरूलाई स्माइली 🙂 प्रतिउत्तर पठाउँछु र त्यसपछि उनीहरूले पठाएका कुनै पनि म्यासेज हेर्दिनँ। अति नै गरे भने ब्लक नै गरिदिन्छु।’ सामाजिक सञ्जालमा रमाउने वर्षाले बताइन्। – (कान्तिपुर साप्ताहिक बाट)

शब्द : सुव्रत आचार्य । तस्बिर : महेश प्रधान । लोकेसन : सिलौटी रिसोर्ट, कान्तिपुर कोलोनी, नखिपोट । हेयर, मेकअप तथा मेहन्दी आर्ट : मनीषा व्यञ्जनकार

फोटो ग्यालरी हेर्नुहोस्

SUBSCRIBE 👉