प्रचारप्रसारको दौडाहामा वडा नम्बर ६


रेम बिक, पोखरा । आगामी असोज १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वडा नम्बर ६’ ले पोखराबाट प्रचारप्रसारको अभियान शुरु गरेको छ । फिल्मका निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाको अगुवाईमा पोखराबाट प्रचार अभियान शुरु भएको हो ।

गत आइतबार पत्रकार सम्मेलन गर्दै फिल्ममा अभिनयसमेत गरेका निर्माता गिरीले आफुहरुले निर्माण गरेको पहिलो फिल्म ‘६ एकान ६’ हिन्दी फिल्मबाट प्रभावित भएको प्रतिक्रिया पाइरहँदा दोस्रो फिल्मले विशुद्ध नेपालीपन बोकेको दाबी गरे । ‘सँधै नेपाली पन भएको फिल्म भएन भन्ने गुनासो दर्शक र फिल्म समिक्षकबाट आउन थाल्यो ।’ उनले भने–‘यो पटक सम्पूर्ण हिसाबले नेपालीपन भएको फिल्म दर्शकसामु ल्याउँदैछौँ ।’
Wada Number Chaनिर्मात्री दीपाश्रीले फिल्मको प्रचार अभियानलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तिब्र पारिने बताईन् । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष तथा दीपक दीपाका गुरु दिनेश डिसीले आफ्ना चेलाचेलीको फिल्म प्रदर्शनमा आउन लागेकोले उनीहरुको फिल्मलाई समर्थन गर्न आफु पनि अभियानमा हिँडेको बताए ।

फिल्म ‘वडा नम्बर ६’लाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ र प्रियंका कार्कीबाहेक सबै मुख्य कलाकारहरु निर्माता पनि हुन् । फिल्ममा जितु नेपाल, कुञ्जना घिमिरे, माग्ने बुढा, ताराचन्द्र बजगाँई, सुमन गिरी लगानी रहेको छ । फिल्मको कार्यकारी निर्माता निर्मल शर्मा हुन् । फिल्ममा सुगम पोखरेल र राजनराज शिवाकोटीले संगीत भरेका छन् भने शंकर बिसी र गम्भिर विष्ट कोरियोग्राफर हुन् । दिपक बज्राचार्यले खिचको फिल्ममा रोशन श्रेष्ठ द्वन्द निर्देशक हुन् ।

SUBSCRIBE 👉