दीपाश्रीलाई उचाल्दा दिपक ताली बजाउने ! – भिडियो सहित


मोटो मान्छेलाई उचाल्न दुब्ला मान्छेलाई हम्मे नै पर्छ! तर राजधानीको बालाजुस्थित माछापोखरीमा भने केही कम दुब्ला मान्छेले एक हिस्सी मोटी महिलालाई उचाल्दा हाँसोको पर्रा नै छुट्यो। ती हिस्सी परेकी मोटी महिला हुन् चचिर्त हाँस्य कलाकार दीपाश्री निरौला। फिल्म ‘वडा नम्बर ६’ प्रमोशनका लागि त्यहाँ पुगेकी हाँस्यकलाकार तथा फिल्मकी निर्मात्री दीपाश्री निरौलालाई फिल्मका अन्य कलाकारले पालैपालो उचाल्दा त्यहाँ उपस्थित दर्शकहरु पेट मिचीमिची हाँसेका थिए।

Deepa Shree Deepak Raj Popular Comedy Artist

Deepa Shree Niraula and Deepak Raj Giri During the Nepali Movie WADA NUMBER 6 Promotion Event | Photo: Maheswor Man Sing / Glamour Nepal

दिपाश्रीलाई फिल्मका प्रमुख कलाकार दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र कोरियोग्राफर शंकर बिसीले पालैपालो उचाल्दा दीपा जति लजाएकी थिईन्, त्यो भन्दा खुशी आफुभन्दा दुब्ला माग्ने बुढालाई उचाल्दा देखिईन्। एकले अर्कालाई उचाल्ने प्रतिष्पर्धा गर्दा दर्शकलाई त्यो दृश्य निकै हाँसोमय रह्यो। कार्यक्रममा दीपक, केदार, सीताराम कट्टेल ‘धुर्मुस’, पुर्ण थापा, रवि डंगोललगायतले फिल्म हेरिदिन दर्शकलाई आग्रह गरेका थिए।

संगीतकार, गीतकार एवं गायक राजनराज सिवाकोटीले फिल्ममा समावेश ‘सुर्के थैली खै’ बोलको गीत गाउँदा कलाकार राजाराम पौडेले अर्को रमाइलो गीत गाएर दर्शकलाई मनोरञ्जन दिए। निर्मात्री दीपाश्री निरौलाले फिल्म रिलिज नहुँदा सम्म शहरका मुख्य मुख्य चोकमा यस्तै कार्यक्रम गरि माइकिङसमेत गरिने बताइन्। अर्का निर्माता तथा अभिनेता दीपकराज गिरीले पनि फिल्मको रिलिज मिति नजिकिँदै गएपछि शहरका विभिन्न स्थानमा पुगेर प्रोमोसन अभियानलाई निरन्तरता दिएको जनाए।

उज्जल घिमिरे निर्देशित फिल्ममा दिपकराज, जितु नेपाल, केदार, सिताराम, दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ। फिल्म आगामी असोज १ बाट अल नेपाल प्रदर्शन हुँदैछ।

क -कसले उचाले दिपा श्री निरौलालाई ?? भिडियो मा हेर्नुहोस्

SUBSCRIBE 👉