रेशलाई इण्डोनेशियाका राजाको सम्मान


सिंगापुर । नेपालका चर्चित नायक तथा फिल्म निर्माता रेश मरहट्टालाई ईन्डोनेसिया मेदान राज्यका राजाले एक कार्यक्रमका बीच सेप्टेम्बर ७ तारिखका दिन भव्य सम्मान गरेका छन् । सिंगापुरमा आयोजना भएको कार्यक्रममा नेपालबाट गएका नायक रेश मरहट्टालाई एसिया युथ आईकन अफ दी ईयर २०१५ ९ बाट ईन्डोनेसियन राजाले सम्मान गरेका हुन् । सिंगापुरको अर्किड कन्ट्री क्लबले आयोजना गरेको कार्यक्रममा यसरी नेपालबाट आफू सम्मानित हुन पाएकोमा गर्वको महसुस भएको नायक रेशले बताए ।
Reshआफ्नो मेहनत, परिश्रम र आमाको आशीर्वादले आज आफू यो स्थानमा आएर सम्मान पाएको उनले बताए । विदेशी भूमिमा राजाको हातबाट सम्मानित हुनेमा नेपालबाट रेश नै पहिलो फिल्म कर्मी हुन् । भव्य कार्यक्रमका बीच सम्मानित भएपछि नायक रेशलाई ईन्डोनेसियन राजाले आफ्नो देश भ्रमण गर्ने र रोयल परिवारका सदस्यबीच सँगै ब्रेकफास्ट गर्ने औपचारिक निमन्त्रणा समेत गरेका छन् । नायकको परिचय बाहेक रेशलाई एक फिल्म लेखक, मोडल र बिजनेश एजुकेटरका रुपमा समेत चिनिन्छ ।

वेभर स्टेट युनिभर्सिटी अमेरिकाबाट ग्राजुयट गरेका नायक रेश बिजनेश टेक्नोलोजी विषयमा पिएचडी गर्ने योजनामा समेत छन् । हाल उनी विश्वव्यापी रुपमा फिल्मको व्यापार गर्ने काममा व्यस्त भएका छन् । समीक्षकहरुका अनुसार रेश राम्रो कलाकारका रुपमा मात्र नभई क्रियटिभ फिल्ममेकर हुन् । उनको भ्वाईस ईन्टरटेनमेन्ट कम्पनीले वल्र्ड वाईड फिल्म निर्माण गर्ने तथा प्रदर्शन गर्ने गर्दछ । उनी फिल्मकर्मी बाहेक फिटनेश प्रशिक्षक समेत हुन् । युवा पुस्ता माझ लोकप्रिय नायकका रुपमा चिनिएका रेशले विभिन्न अन्तर्राष्ट्रिय ब्युटी पेजेन्ट प्रतियोगितामा निर्णायकको भूमिका निभाएका छन् ।

SUBSCRIBE 👉