नायिका सुरविना कार्कीको फ्लप ह्याट्रिक!


डेब्यू फिल्म झेली रिलिज हुनुअगाडि सुरविना कार्कीको भुईंमा खुट्टा थिएन। कारण ट्रेलरमा समावेश उनका गरमागर्मी दृश्य र द्विअर्थी लाग्ने संवादले धेरथोर चर्चा बटुलेको थियो। तर, दुर्भाग्य ! उनको जवानी पोखिएको झेलीले बक्स अफिसमा ‘पानी पिउन’ पाएन। पहिलो गासमै ढुंगा परेपछि उनी केही समय अलप भइन्। बल्लतल्ल अर्को फिल्म नाइकेमा काम गर्न पाइन्।

Nepali Actress Surbina Karki

Surbina Karki | Image Courtesy: Jukson.Com

आर्यन सिग्देलसँग अनस्क्रिन रोमान्स गर्ने मौका पाएकाले नाइके रिलिज ताका उनको चुरीफुरी बेग्लै थियो। रिलिजपश्चात् नाइकेको हालत झेली भन्दा कम पीडादायी भएन। त्यसपछि हट फोटोसुटमार्फत चर्चा कमाउन लागिपरेकी सुरविनाको तेस्रो फिल्म सुश्रीले पनि असफल यात्रामा पूर्णविराम लगाउन सकेन। ३ कात्तिकबाट प्रदर्शन भएको यस फिल्मले लगानीको आधा रकम नउठाएको वितरकहरूको गुनासो छ। सुश्रीसँगै फ्लप फिल्ममा सुरविनाले ह्याट्रिक गरेकी छन्। – नेपाल साप्ताहिकबाट

SUBSCRIBE 👉